आरडीआइएफले भारतलाई १० करोड डोज खोप उपलब्ध गराउने

काठमाडौं । रूसमा कोरोना भाइरस (कोभिड- १९)विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रूसमा स्पुतनिक-भी नामको खोप विकास गरेको छ ।

कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक- भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ । कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ ।

roma

डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताए । उनले भारतीय नियामक निकायका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड- १९ विरुद्ध लड्न स्पुतनिक- भी खोप विश्वासिलो विकल्प हुने विश्वास व्यक्त गरे ।

ICAS

रसियाली कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले भारतीय औषधि उत्पादक कम्पनीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको बताए । डा रेड्डीले विगत २५ वर्षदेखि रूसमा औषधि उत्पादनका कार्यमा निकै प्रतिष्ठा कमाएको कम्पनी रहेको बताउँदै किरिलले यो भारतमै पनि अग्रणी औषधि निर्माता कम्पनी रहेको जानकारी दिए । एजेन्सी

pokhara internet
Comments
Loading...