गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६४ पुग्यो, १८८० निको भए

मृत्यु हुनेको संख्या २९

  •  सन्तोष बस्याल

पोखरा । गण्डकी प्रदेशमा सोमबार ३ बजेसम्ममा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको हुनेको संख्या प्रदेशमा ३ हजार ६४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ ।

roma
parichay

प्रदेशमा आजसम्म कोरोनाबाट २९ जनाको निधन भएको निर्देशक डा.विनोदविन्दु शर्माले बताए । उनका अनुसार आइतबार र सोमबार गरी ५ जना मृतक थपिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जना, धौलागिरी अस्पताल बागलुङमा १ जना, गोरखामा २१ जना र गण्डकी प्रदेशभन्दा बाहिर मृत्यु हुनेको संख्या १५ रहेको शर्माले बताए ।

ICAS

कोरोना भाइरसबाट निको हुनेहरुको संख्या १ हजार ८ सय ८० पुगेको छ । यो ६१.३५ प्रतिशत हुन आउँछ । प्रदेशमा हालसम्म कुल संकलित नमुना ५८ हजार २ सय ४१ रहेको निर्देशक शर्माले जानकारी गराए । जसमा ५५ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छैन । प्रदेशको आइसोलेसनमा रहनेहरुको संख्या १ हजार १ सय ७४ छ । जसमध्ये होम आइसोलेसनमा बस्नेहरु १८२ छन् । कास्कीमा ११७ जना, नवलपरासी २० जना, तनहुँमा २३ जना, बागलुङमा १ जना र गारेखामा २१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा ६ जना रहेको शर्माले बताए । उनका अनुसार प्रदेश भरका ६५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । जसमध्ये सक्रिय केस ३४ मात्र छ । पछिल्लो २४ घण्टामा गरिएको नमुना संकलन १ हजार ८८ रहेको उनले बताए । प्रदेशभर हाल क्वारेन्टाइनमा रहेकाहरुको संख्या ५ सय ६१ पुगेको छ । १ सय ७५ आइसियु बेड संख्या रहेको प्रदेशमा भेन्टिलेटरको संख्या भने ५७ रहेको शर्माले जानकारी गराएका छन् ।

pokhara internet
Comments
Loading...