ICAS
Rara

परीक्षणलाई तीव्रता दिन र मानव सम्पर्कलाई कडाई गर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

पोखरा/

विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नु पर्ने चेतावनी दिएको छ ।
संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस संक्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

govnotice

संसारभर तीन लाखभन्दा धेरैमा संक्रमण पाइएको भन्दै उनले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

बीबीसीका अनुसार कोरोनाको पहिलो संक्रमण भेटिएको ६७ दिनपछि एक लाखमा संक्रमण पाइएको थियो।

दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै संक्रमितको संख्या तीन लाख पुगेको सन्दर्भमा टेड्रोसले यस्तो चेतावनी दिएका हुन्।

parichay

उनले विश्वका गरिब देश तथा जोखिममा रहेका मानिस यो भाइरसबाट सबभन्दा नराम्ररी प्रभावित हुने चेतावनी दिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारी को संज्ञा यसअघि नै दिइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ।

‘प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु यो भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुन्छ,’ टेड्रोसले भनेका छन्।

गएको चौबीस घन्टामा कोरोना संक्रमणबाट विश्वभर १८ सय ६० जनाले ज्यान गुमाएका छन्।यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय ५३ पुगेको छ।

यसको रोकथामका लागि नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुले लकडाउनको घोषणा गरिसकेका छन् । नेपालमा भने एक हप्तासम्म लकडाउन हुनेछ ।

pokhara internet
Comments
Loading...