गण्डकीमा संक्रमितको संख्या १००६ पुग्यो

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बुधबार दिउसो ३:२५ बजेसम्म कोरोना भाइरसका संक्रमित १ हजार ६ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १२ जना संक्रमितहरु थपिएसँगै संख्या १ हजार ६ पुगेको हो ।
यसैगरी बाग्लुङका ६८ जना, गोरखाका ३ जना, लमजुङका २ गरि हिजो ७३ जना कोरोनको संक्रमणबाट निको भई घर फर्किसका र गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निकोहुनेको संख्या २८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

pokhara internet
Comments
Loading...