ICAS
Rara

गोकुल बाँस्कोटाको विरोध गर्नेमाथि प्रहरी दमन, कांग्रेसको आपत्ति

काठमाडौं । संचारमन्त्री गोकुल बास्कोटाविरुद्ध भएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि सत्यतथ्य छानविन गर्दै कडा कारबाहीको माग गर्दै नेविसंघले काठमाडौंस्थित भृकुटीमण्डपमा प्रदर्शन गरेको थियो ।

शान्तिपूर्ण विरोध प्रर्दशनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको कांग्रेसको ठहर छ । सरकारको आडमा सुरक्षाकर्मीद्वारा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गर्ने र सख्त घाइते बनाएको घटनाप्रति आपत्ति जनाएको हो ।

govnotice
parichay

विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डे, विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनील पन्त, तिलक बटला, रमित खड्का लगायत दर्जनौं विद्यार्थीहरु घाइते भएको कांग्रेसले जनाएको छ ।

यस्तै, बिहीबार नै त्रिभुवन विमानस्थलको मूलद्वारमा नेपाली विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीको हस्तक्षेपबाट रवीन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेतीलगायतका विद्यार्थीहरु घाइते भएको कांग्रेसको दाबी छ । घाइते विष्णुहरि खड्कालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको बताइएको थियो ।

‘शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको छ । यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न नेपाली कांग्रेस माग गर्दछ ।’

pokhara internet
Comments
Loading...