ICAS
Rara

जनताको कमेडी क्रेज

  • सौगात पोखरेल  

हाँस्यव्याङ्ग्य बारेको हाम्रो बनिबनाउ मान्यताहरुलाई भत्काएर युवापुस्ताले स्ट्याण्ड अप कमेडीका कार्यक्रमहरु चलाउन थाले । त्यसकै जगमा केहि युवाहरु मिलेर यतिवेला कमेडी च्याम्पीयन भन्ने कार्यक्रम चलाईरहेका छन् । अहिलेको सन्दर्भमा नेपालमा कमेडी च्याम्पियन सर्वाधिक हेरिने कार्यक्रम अन्र्तगत पर्ने गरेको छ ।

govnotice

पहिले त कमेडी च्याम्पियनले परम्परागत कमेडीको मान्यतालाई भत्काउन सफल भएको छ । मान्छेहरुलाई हँसाउनका लागि मुख वङ्ग्याउन , हातगोडा भाँच्न पर्दैन गतिलो कन्टेन प्रस्तुत गर्न सकियो भयो जनताहरु मज्जा मानि-मानि हाँस्छन् । हसाउने नाममा अपाङ्गता भएका व्यक्तिहरुको अपमान गर्ने र निम्न बर्गका मान्छेहरुको हुर्मत लिने परम्पराको अन्त्यको थालनी पनि कमेडी च्याम्पियनले गरेको छ ।

कलाकारले कमेडी गर्दा सबै जात र समुदायका मान्छेहरुले आत्मसम्मानपुर्वक हेर्न पाउने परिस्थितिको निर्माण भएको छ । कमेडी च्याम्पीयनमा आजकाल राज्यका बेथितिका बारेमा चर्को हुर्मत उतारेका छन् । कोहिले हाम्रो भोटको जस्तै नेताको मजाक उडाईरहेका छन् । देशमा देखिएका अराजकताको चित्र कमेडी च्याम्पीयन मज्जाले हेर्न सकिन्छ । हाम्रो सामाजिक मान्यताहरुलाई हामीलाई कति हद सम्म गिराउछ भन्ने कुरा मञ्चमा देखिन्छ ।

हिजो मञ्चमा हाँसोको पात्र बनेका जात,समुदाय र बर्गका मान्छेहरुले आज राज्यका बिरुद्धमा कमेडी मार्फत उत्पिडनका आवाजहरु उठाईरहेका छन् । कमेडी च्याम्पीयनमा सबैभन्दा बढी अहिलेको सरकारप्रति मजाक उडाईएको छ । मञ्चमा सरकारप्रतिको आलोचनाले ताली पाउनु भनेको सरकार कति सफल छ भनेर धेरै कुरा गरिरहनुपर्छ जस्तो लाग्दैन ।

कमेडी च्याम्पीयनमा कमेडीयनहरुले हँसाईहसाई अहिलेको व्यवस्थाको चर्को बिरोध गरिरहेका छन् । सरकारले जारी गरेको संचार बिधेयक लगायतका जनताको बोल्न पाउने अधिकारको रक्षाका लागि कमेडीयनहरुले माग गरिरहेका छन् ।

parichay

किन हाँस्यका पात्र बन्छ, सधै नेपालको राजनीति ?

आजकाल नेपालीहरु नेतालाई गाली गर्दा खुब मज्जा मान्छन् । सामाजिक संजालतिर नेतालाई गाली गरेर लेखिएको स्टाटस ,ट्विट र कार्टुनहरु भाइरल हुन्छन् । युट्युवमा नेतालाई गाली गरेको भिडियो ट्रेण्डीङ्गमा पर्छ । यी सबै घटनाहरुले अहिलेको राजनीतिक व्यवस्थाप्रति गरेको ठुलो व्यङ्ग्य हो भन्ने कुरा बुझ्न हामीलाई सजिलो भएको छ ।

सपनाहरुको मृत्यु सबैभन्दा खतरनाक हुन्छ । त्यहि खतराको बाटोमा अहिलेको बाम सरकार अगाडी बढिरहेको छ । आजको पुस्तामा राजनीतिप्रति चरम निराशा पैदा भएको त्यसैको परिणाम सामाजिक संजालमा राजनीतिक दल र तिनका नेताहरुको बिरुद्धमा आलोचना तिव्र भएको भेट्न सकिन्छ ।

हरेक ठाउँमा देखिएको राजनीतिक हस्तक्षेपको कारणले गर्दा युवापुस्ताका राजनीतिप्रतिको भरोसा सुन्यमा झरेको देख्न सकिन्छ । देश बनाउने एडिक्सनमा बाँच्नुपर्ने नेताहरु करप्सनमा बाँचेपछि युवा पुस्तामा फस्ट्रेसन पैदा भएको छ । युवा पुस्तामा आएको फस्ट्रेसनका कारण आजका ‘कमेडी शो’हरुमा दर्शकको संख्या ह्वात्तै बढेको छ । कमेडी शोहरुमा हुने नेताको धुलाईले अझै देशको अवस्थामा परिवर्तन हुने कुनै संभावना देखा परेको छैन ।

देशमा देखिएका वेथितिले राजनीति र नेताप्रति घृणाभाव पैदा भएको छ । लामो समयको आन्दोलन पश्चात बनेको सरकारको कामकारबाहि र पञ्चायति सरकारको पालामा भएको सरकारको कामकारबाहिमा भिन्नता नआएपछि जनतामा निराशा पैदा हुनु स्वभाविक हो ।

पात्र फेरिएर प्रवृति नफेरिनुको पिडामा देश रन्थनिएको बेला उर्जावान,क्षमतावान र प्रतिभावान जनताहरुमा निराशा पैदा हुनु देशका लागि र सरकारका लागि राम्रो कुरा होईन । देशका सवै भन्दा दक्ष भनिएका जनशक्तिको सपना आज बिदेश बनिरहेको छ । देशमा काम गर्नका लागि सरकारले कुनै योजना नबनाएको आरोपमा ५० औँ लाखको संख्यामा युवाहरु बिदेशिनुले पनि हाम्रो संमृद्धिको सपनाको भद्दा मजाक गरिरहेको छ ।

जुनदेशले देशको उर्जाशिल जनशक्तिलाई देशमा नै रोकेर राख्नमा भन्दा बिदेश पठाउनमा बढी ध्यान लगाउँछ भने त्यो देश बिकासको बाटोमा कसरी हिड्न सक्छ । बिलक्षण प्रतिभाको कारण प्रतिभा प्रयोग गर्ने ठाउँ नपाएर भौतारीदै हिडेको युवापुस्तालाई बिकास र संमृद्धिमा लगाउने कुनै योजना नभएका देशको युवाहरुमा निराशा नभएर के हुन्छ । कृषी प्रधान भनिएको देशमा प्याजको भाउबढ्दा रुवाबासी हुने अवस्थाको सिर्जना हुँदा कुन जनता सरकारसँग आशावादी बनि रहन्छ ?

pokhara internet
Comments
Loading...