ICAS
Rara

तीन युवाको लगानीमा ‘चियादानी’

  • एलीजा क्षेत्री / विद्यार्थी पत्रकार

पोखरा । चियाको सुर्की सँगै हाम्रो दैनिकी सुरुवात हुन्छ । गर्मी होस् या ठण्डी चिया हाम्रा लागि प्रिय छ । हामीले दैनिक रुपमा प्राय ‘मिल्क टी’ र ‘ब्लाक टी’ खाने गरेका हुन्छौँ । दैनिक जीवनमा मात्र नभई हामी अतिथिको स्वागत र सत्कार चिया बाटै गर्छौ । साथी भाइहरुसंग चिया खाने बहानामा भेटघाट अनि रमाइलो समेत हुने गर्छ । कामको शिलशिलामा होस् या अन्य फुर्सदको बेला चिया पारखीलाइ चियाको छुट्टै महत्व छ ।

चिया धेरै पिउँदा स्वास्थ्यलाइ फाइदा गर्दैन । पछिल्लो समयमा स्वास्थ्यलाई मध्यनजर गर्दै ‘ग्रीन टी’ को प्रयोग पनि बढ्दै गएको छ । अन्य देशहरुमा विभिन्न प्रकार र स्वादका चिया पाउन सकिन्छ । खानाका पारखीका लागि पोखरामा थुप्रै रेष्टुरेन्टहरु छन् तर चियाका प्रकार पाइने रेष्टुरेन्ट चियादानी हो ।

चियादानीलाई डेविड दाहाल ,विशाल कोइराला, र सुवास शर्माले सञ्चालन गरेका हुन् । एक महिना अघि मात्र बगरस्थित पृथ्वीनारायण क्याम्पस तल्लो गेट भन्दा ५० मिटर माथि चियादानी संचालनमा आएको संचालक डेविड दाहालले जानकारी दिए ।

aama movie

चिया मन पराउनले अब एकै स्थानमा २० प्रकारका चियाको स्वादमा मज्जा लिन पाउने उनले बताए । चियादानीमा चिया प्रकारसंगै कुकिज र अन्य खाजाहरु समेत पाइन्छ । चियादानीमा मट्का चिया र मसला चिया सबैले रुचाउने सञ्चालक दाहाल बताउँछन् ।

रेष्टुरेन्टको ‘इन्टेरियर डिजाइन’मा समेत नौलोपन छ । धेरै जसो क्याफे, रेष्टुरेन्टहरुकोे इन्टेरियर डिजाइनमा फर्निसिङ, कलररिङ, पेन्टिङको प्रयोग हुन्छ तर आफुहरुले ‘रिसाइक्लिंंग मटेरियल्स’ को प्रयोग गरेकोले आउने ग्राहकले डेकोरेशन रुचाएको उनले बताए । ‘ग्राहकले चियाको स्वादमा जति आनन्द प्राप्त गर्छन् त्यति नै डेकोरेशनमा लालहित हुने गर्दछन्’, उनले भने ।

ग्राहकले सुुलभ मूल्यमा विभिन्न प्रकारका चियाको स्वाद चियादानीमा  पाउँछन् ।

दाहाल केही समयका लागि दुवै गएका थिए । त्यहाँ उनले गर्मीको समयमा पनि ग्राहकहरुको चिया प्रतिको माया नघटेको देख्दा उनी चकित परे । उनलाई नेपाल फर्किएर केही नयाँ व्यवसाय गर्ने सोच पलायो । साथीहरु सँग मिलेर चियादानी खोले ।

निकट भविष्यमा चियादानीको शाखा विस्तारको सोचमा छन् उनीहरु । लेकसाइड सँगै चितवनमा समेत चियादानीको स्थापना गर्ने तयारीमा रहेको उनले बताए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?