ICAS

चितवनमा ७२ घण्टामा बनेको ‘कोरोना विषेश अस्पताल’ आजदेखि सञ्चालनमा

पोखरा/

कोरोना संक्रमको उपचारका लागि चितवनमा बनाईएको अस्पताल आजदेखि सञ्चालनमा आउँदैछ । भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रमा अस्पताल बनाईएको छ । चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ुकोरोना विशेष अस्थायी अस्पतालु बनाईएको हो।

Parichay
Infomatics

आज ११ बजे अस्पताल सञ्चालन गरिनेछ । अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।

५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो। आइसियू र एचडियू बेड पनि शुक्रबार दिउँसोसम्म जडान गरिसक्ने महानगरको तयारी छ।

मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए । अस्पतालको सञ्चालनको जिम्मा भरतपुर महानगरपालिकाले लिनेछ। अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने छ।

अहिलेसम्म कोरोना नदेखिए पनि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट यसको संक्रमण हुन नदिन विभिन्न प्रयासहरु भईरहेका छन् । सरकारले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेबमोजिम परीक्षा र पढाई स्थगित भएका छन् । रोजगारीका लागि सहरमा आएका मानिसहरु धमाधम गाउँतिर फर्किएका छन् ।

pokhara internet
Comments
Loading...