ICAS
Rara

कसरी गर्ने व्यवसायिक रुपमा खुर्सानी खेती ?

पोखरा/

खुसार्नी भन्ने वित्तिकै मानिसमा दुईथरी प्रतिक्रिया देखिन्छन्, एउटा प्रतिक्रिया डरलाग्ने हुन्छ । कसैलाई खुर्सानीको नाम लिने वित्तिकै पीरोको डर हुन्छ भने कसैलाई स्वादको खुशी हुन्छ । जे जसो भएपनि खुर्सानी हाम्रो भान्सामा नटुट्ने मसला जातको उत्पादन हो ।

खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।
पछिल्लो समयमा किसानहरु व्यवसायिक रुपमा खुर्सानी खेतीतर्फ आकर्षित भएको पाईन्छ । तर पनि यसको खेती गर्ने प्रबिधिबारे अधिकाँश किसानहरु जानकार छैनन । कसरी गर्ने त व्यवसायिक खुर्सानी खेती ?

  • हावापानी :-

न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ ।

  • उपयुक्त जातहरू :-

उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी, यात्सुफुसा, चन्द्रमुखी, जी–४, आदि ।
वर्णशङ्कर जातको रूपमा एनएस १७०१, एनएस १७११, कर्मा ७५७, कर्मा ७७७, आदि ।

  • माटो :-

पिएच मान ६ देखि ६.५ र पानीको राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ ।

  • जग्गाको तयारी :-

गोबर वा कम्पोष्ट मल राखेर जमीनलाई तीन देखि चार पटक खनजोत गरी झारपात हटाइ समथर बनाउने । बिरुवा रोप्नको लागि ६० से।मी।को फरकमा ड्याङहरू बनाउने ।

बीऊ दर :-

उन्नत : प्रति रोपनी ३० ग्राम (प्रति कठ्ठा २० ग्राम)
वर्णशङ्कर : प्रति रोपनी १० ग्राम _प्रति कठ्ठा ६.६ ग्राम)
बेर्ना भएप्रति रोपनी २,०००–२,५०० बोट (प्रति कठ्ठा १,३००–१,६५० बोट)

  • मलखाद :-

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र बालीको जातमा भर पर्छ ।

parichay
  • बिरुवा रोप्ने दूरी, उमेर र सार्ने तरिका :-

ड्याङमा हारको दूरी ६० से।मी। र बोटदेखि बोटको दूरी ४५ से.मी. मा रोप्ने । करिब ३० देखि ३५ दिनको बेर्ना जाडोयाममा ५–६ पाते र वर्षायाममा ७–८ पाते होचो बेर्ना सार्ने । बेर्ना सारेको ३–४ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने ।

  • गोडमेल :-

खुर्सानीबालीमा झारपात हटाएर माटो खुकुलो बनाइ राख्न २–३ पटक गोडमेल गरी उकेरा लगाउने । विरुवामा छापो लगाउने ।

  • सिंचाई र निकास :-

आवश्यकता अनुसार ३ देखि ४ पटक ड्याङको आधाभाग भिज्नेगरी सिंचाई गर्ने । युरिया मल दिएपछि र गोडमेल पछि सिंचाई गर्र्ने । बिरुवाको फेदमा पानी जम्न नदिने ।

  • बाली संरक्षण :-

मुख्यतः ओइलाउने र मोज्याक भाइरस रोग लाग्छ । ओइलाउने रोग लागेमा पुरै विरुवा ओइलाएर मर्दछ । मोज्याक भाइरस लागेका पातहरू गुज्मुजिन्छन् र बिरुवा पहेंलो हुँदै जान्छ । मोज्याक भाइरस लागेका बिरुवाहरू उखेलेर जलाउने । ओइलाउने रोगबाट बचाउनको लागि बाली चक्र अपनाउने । तर भेडे खुर्सानी, भण्टा, गोलभेडा, आलु जस्ता सोलानेसी परिवारका बिरुवाहरू भने बाली चक्रमा प्रयोग गर्नु हुँदैन ।

  • बाली लिने

जात अनुसार बेर्ना रोपेको करिब तीन महिनाबाट सुरु गरी आठ महिनासम्म खुर्सानी टिप्न सकिन्छ । भेट्नुमा काठ पसेको हरियो चम्किलो खुर्सानी टिप्ने ।

उत्पादन :-

जात र व्यवस्थापन अनुसार प्रति रोपनी ५००–८०० के.जी. (प्रति कठ्ठा ३३०–५३० के.जी.) उत्पादन हुनसक्छ ।

  • खुर्सानीको बेर्ना कसरी रोप्नु पर्छ ? :-

जरा र पातहरु धेरै र स्वस्थ विरुवा छानेर बेलुकीपख सार्नु पर्दछ । वेर्ना सार्दा नर्सरीमा छदाँ माटोमुनी रहेको भाग जति मात्र जमिनमुनी पर्ने गरेर सार्नुपर्छ । बेर्ना सारेपछि लगातार ५ दिन सम्म हजारीले विरुवाको वरिपरि पर्ने गरी पानी दिनुपर्छ ।

  • खुर्सानीमा लाग्ने मुख्य किराहरु के हुन ? :-

खुर्सानी बालीमा प्राय लाग्ने किराइहरुमा थ्रिप्स, फेद कटुवा र गवारो पर्दछ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?