ICAS

टिपरको ठक्करबाट डेढ वर्षे बालकको मृत्यु

भक्तपुर । चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नंको मिनीटिपरको ठक्करबाट मृत्यु भएको छ ।

मृत्युहुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मध्यपुर अस्पताल ठिमी पु¥याउने क्रममा बालकको मृत्यु भएको जनाइएको छ ।

Parichay
Infomatics

प्रहरीले सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका–९ च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिएका छन् ।

pokhara internet
Comments
Loading...