NMB Bank

सेलिब्रेटीको दशैं: मनाउन नपाउनेदेखि विदेश उड्नेसम्म

दशैंले सम्पूर्ण नेपालीलाई छपक्कै छोइसकेको छ । गाउँ-घरदेखि शहरसम्म दशैंको लहर आइसकेको छ । विदेशमा रहेका धेरै विदेशिहरु पनि दशैंको लागि नेपाल आइसकेका छन् । कतिपय नेपालीहरु आफ्नो परिवार भेट्नको लागि मुलघर फर्किसकेका छन् ।

यस्तैमा धेरैको चासोको विषय हुन सक्छ, सेलिब्रेटीले कसरी दशैं मनाउँदैछन् त ? त्यसको विषयमा आज उल्लेख गर्नेछौँ ।

महानायक राजेश हमालको दशैं काठमाडौंमा नै हुनेछ । यसपालीको दशैं राजेशले धनकुटामा मनाउने विचार गरिरहेका थिए । त्यहाँ कार्यक्रम भएकाले फुलपातिको दिन नै उनी धनकुटा जाने योजना थियो । तर, त्यो कार्यक्रम नहुने भएपछि राजेशले काठमाडौंमा नै दशैं मनाउने छन् ।

राजेशले टिकाको दिन भने टिका लगाउदैँनन् । कारण, आमाको श्रद्धा टिकाको दिन पर्छ । त्यसैले उनी टिकाको भोलीपल्ट मात्र टिका लगाउने छन् ।

त्यस्तै नायिका करिश्मा मानन्धरले पनि काठमाडौंमा नै दशैं मनाउँदै छिन्‍ । उनले दशैंमा मिठो खाने बाहेक अन्य योजना हुन्‍न ।

नायक दीलिप रायमाझीको दशैं भने खल्लो भएको छ । घटस्थापनाको दिन हजुरआमाको मृत्यु भएकाले उनले यस वर्षको दशैं मनाउने छैनन् । उनी काठमाडौंमा नै हुनेछन् ।

दशैं मनाउन नमिल्नेमा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का पनि पर्छन् । निश्चलको आफन्त बित्नुभएकाले उनीहरुको दशैं नरमाइलो हुने भएको छ । उनीहरु यस दशैंमा विदेश घुम्न जाने योजनामा छन् ।

नायक पुष्प खड्काको दशैं भने भारतमा हुनेछ । आफ्नो आमा-बुबा भारतको पुनामा हुनुभएकाले उनी दशैंको लागि भारत जान लागेका हुन् ।

नायिका ऋचा शर्माको दशैं पनि काठमाडौंमा नै हुनेछ । घरमा हजुरआमा हुनुभएकाले धेरै जना आफन्तहरु आउने भएकाले ऋचालाई दशैंमा कामको चपेडा पर्छ । भान्सादेखि पहुनालाई स्वागत गर्नेसम्म उनको जिम्मामा हुन्छ । जे होस्, दशैं रमाइलो गरि मनाउने योजना उनको छ ।

गायक पशुपति शर्माको दशैं भ्याईनभ्याईको छ । ११ गतेबाट विभिन्न कार्यक्रममा निस्किएका उनी अष्टमीको दिन आफ्नो पूर्खैली घर स्याङ्जा पुग्नेछन् । उनको दशैं उतै हुनेछ ।

गायिका मेलिना राई कार्यक्रमको लागि विदेश जाने योजनामा छिन्‍ । बुरनाईमा हुने एक सांस्कृतिक कार्यक्रमको लागि उनी जादैँछिन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?