NTHMC

सर्ट फिल्म निर्देशनमा रमाउँदै भुर्तेल

सन्तोष बस्याल

पोखरा / 

roma

समय महामारीको । यो समय धेरैको घरमै बितेको छ । नयाँ काम र सृजना गर्ने समय हो । तर, अधिकांशले यो समय व्यर्थै फ्यालेका छन् । बन्दाबन्दीमा काम गर्न हुँदैन भन्ने मानसिकता अधिकांशमा छ । केही अध्यात्मिक चिन्तनमा पनि लागेका छन् । केही भने सामाजिक सञ्जालमा मस्त छन् । तर, कला क्षेत्रका केही यस्ता व्यक्ति छन् उनीहरू यो समयमा पनि निरन्तर कर्ममै छन् । उनीहरूलाई नयाँ केही गरौँ भन्ने सोचले निरन्तर हुटहुट्याइरहेको छ ।

ICAS

उनीहरू नयाँ कथाको खोजीमा छन् । आखिर लकडाउनपछि पुनः लयमा फर्किनुछ ।

यही हुलमा भेटिन्छन्, चिरञ्जीवी भुर्तेल । करिब एक दर्जन जति ठूलो पर्दाका चलचित्रमा मुख्य र साहायक निर्देशकको रूपमा काम गरेका भुर्तेल यतिबेला सर्ट फिल्म बनाउनमा व्यवस्त छन् । लकडाउनका समयमा हालसम्म उनले १५ वटा सर्ट फिल्म बनाइसकेका छन् । उनका फिल्म कमेडीसँगै पछिल्लो समसामायिक विषयमा केन्द्रित छन् । भुर्तेलले शान्ति, भमरा, धैर्यताको परीक्षण, मनको लड्डु, प्राणत्याग, नोक्सान, अफसोच, भरियाको दिमाख, एनआरएन मेरिज, सुखदुःख, हुतियारा, साइँलीको घैँटो, अधुरो प्रेम र जात नभएको मान्छे बनाए ।

पोखरा महानगरपालिका २८ माझठान भुर्तेल गाउँका स्थायी बासिन्दा भूर्तेललाई सानैदेखि फिल्मी क्षेत्र मन पर्ने । कला भनेपछि भुतुक्कै हुने भुर्तेल निर्देशनमा रमाउन थाले । गोधँुली, इन्द्रावती, चक्रभ्यु, सन्तान थरिथरिका, लडाइँलगायतका चलचित्रमा साहायक निर्देशकको भूमिकामा भुर्तेलले काम गर्न भ्याए । नेपाली चलचित्र क्षेत्रसँगै सञ्चार क्षेत्रमा केही गर्ने हुटहुटी उनमा थियो । फलस्वरूप पोखरामा टेलिभिजन नहुँदा २०६२ सालमा गोल्डेन आई टेलिभिजनको स्थापना गरे ।

भुर्तेलले दुई दर्जन टेलिफिल्ममा समेत काम गरिसकेका छन् । उनी आवद्ध भएका टेलिफिल्ममध्ये चर्चा कमाएको टेलिफिल्म ‘अवीरल बग्दछ इन्द्रावती’ र प्रदीप ज्ञवालीले लेखेको ‘सहयात्री’ हो । नेपाल टेलिभिजनमा त्यतिबेला दुवै टेलिफिल्म ५२ एपिसोडसम्म चलेका थिए । भुर्तेलले २०६२ देखि २०७२ सम्म चलचित्र तथा टेलिफिल्म निर्देशनमा निरन्तरता दिए ।

०५७÷०५८ देखि ०६१ सम्म नेपाली चलचित्र त्यति बनेनन् । कारण थियो– माओवादी युद्ध । भुर्तेल समेत कामविहीन भए । उनलाई लाग्यो सोझो काम गरेर मात्रै आम्दानी नहुँदो रहेछ । फिल्म क्षेत्र त्यतिबेला खासै व्यवसायिक भइसकेको थिएन । त्यसपछि कुम्लो बोकेर उनी मुग्लान भासिए । जापान तालिम भिसामा ६ महिनाका लागि गएका भुर्तेल गैरकानुनी रूपमा कोरिया पुगे । तीन वर्षसम्मको कोरिया बसाईपछि भुर्तेललाई लाग्यो ‘आफ्नो देश भनेको आफ्नै हुँदोरहेछ’ । अर्काको देशमा जतिनै घुँडा धसारे पनि केही नहुँदो रहेछ । नेपालमै इज्जतिलो काम गर्ने उद्देश्य बोकेर भुर्तेल आफ्नै गाउँ फर्किए ।

जागिर खाएर मात्रै आर्थिक आम्दानी गर्न गाह्रो हुने उनको अनुभव छ । आफ्नो आयस्तर बढाउन केही न केहीमा लगानी गर्नुपर्ने उनी बताउँछन् । नेपाल फर्किएपछि क्यामेरासँगै रमाइरहेका छन्, भुर्तेल । खाली समयको सदुपयोग गर्दै सम्पादन र खथा खोज्नमै व्यस्त छन्, उनी । भर्खरै मात्र ‘CB Bhurtel’नामको युट्युब च्यानल खोलेका छन् । जसमा समाज रूपान्तरण गर्ने सचेतनामुलक कार्यक्रमलाई बढी प्राथामिकता दिएको छ ।

२०५४ सालमा फिल्मी क्षेत्रमा प्रवेश गरेका भुर्तेल अहिले र पहिलेको चलचित्र क्षेत्रमा आकाश जमिनको फरक पाउँछन् । ‘पहिले दुई÷चार जना औँलामा गन्नेले मात्र चलचित्र सम्बन्धि अध्ययन गरेका हुन्थे । अहिले त अभिनयलाई विश्वविद्यालयस्तरीय मान्यता दिइएको छ’, भुर्तेल भन्छन्, ‘पहिलेको बजार साँघुरो थियो । अहिले प्रविधिको विकाससँगै फराकिलो भएको छ । पहिले यसै क्षेत्रमा मात्रै भविष्य कम देखिन्थ्यो । अहिले नेपाली कलाकार, प्राविधिक, निर्देशकलाई राम्रो आम्दानी हुने बाटो बनेको छ ।’

यति हुँदाहुँदै पनि चलचित्र क्षेत्र सोचेजस्तो उभो लाग्न नसकेको भुर्तेल बताउँछन् । नेपाली चलचित्र देशभन्दा बाहिर जान नसकेकोमा उनको बुझाइ छ । लगानी अनुसारको प्रतिफल नहुँदा समस्या भएको छ । चलचित्र क्षेत्रलाई उद्योगको रूपमा कागजमा भए पनि सरकारले व्यवहारमा कार्यन्वयन नगर्दा समस्या भएको उनी बताउँछन् । नेपाली चलचित्रका कथावस्तु प्राकृतिकसँगै मौलिक हुुनुपर्ने उनको सुझाव छ । नेपाली चलचित्र क्षेत्रको मार्केट अब डिजिटल हुनुपर्नेमा उनको सहमति छ । ‘अहिले नभए कहिले गर्ने । अब विस्तारै डिजिटल मार्केटिङमा समेत हामीले सोच्नुपर्ने आवश्यकता छ’, उनी भन्छन्, ‘यो समयको माग हो । महामारी बाजा बजाएर आउँदैन । कोरोना प्रभावले पाठ सिकाएको छ । यसलाई अवसरको रूपमा लिएर आगामी कदम चाल्नुपर्ने आवश्यकता देख्छु ।’

parichay

भूर्तेल पोखरामा अनलाईन सहितको राम्रो व्यवसायिक टेलिभिजनको स्थापना गर्ने सोचमा छन् । फिल्ममा फर्किने सोच तत्काल उनमा छैन । रंगमञ्चबाट आएका कलाकारहरूको प्रशंसा गर्दै भूर्तेल भन्छन्, ‘नेपालमा अभिनयशैलीको विकास हुँदैछ ।’ बद्री अधिकारी, देशभक्त खनाल, देव कुमार श्रेष्ठ लगायतका कलालाई माया गर्ने व्यत्तिमार्फत शिक्षा पाएका भुर्तेल सर्ट फिल्म निर्देशनमै रमाइरहेका छन् ।

लकडाउनको अवधिमा उनले बनाएका केही सर्ट फिल्म :

 

pokhara internet
Comments
Loading...