ICAS
Rara

पोखरामा फागुन ११ देखि क्यान इन्फोटेक मेला हुन

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा पोखरामा आगमी फागुन ११ गतेदेखि १५ गतेसम्म क्यान इन्फोटेक मेला–२०२० को आयोजना हुने भएको छ । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने ११ औँ इन्फोटेक मेलाको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

विश्वमा पछिल्लो समय प्रयोगमा आइरहेका सूचना प्रविधिको वृहत ज्ञान दिने उदेश्यले प्रदेशस्तरीय क्यान इन्फोटेक मेला आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी (विस्वास) ले बताए । उनका अनुसार कम्प्यूटर तथा प्रविधि सम्बन्धी भएका अत्याधुनिक एंव नविनतम प्राविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म पहँुच पु¥याउने इन्फोटेकको लक्ष्य छ ।

aama movie

मेलामा वृहत सूचना प्रविधि प्रदर्शनी तथा बिक्री वितरणका साथै प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, आइसिटी रोजगारी फर्म बितरण र तालिम , आइसिटी स्पिच प्रतियोगिता सञ्चालन गरिने भण्डारीले जानकारी दिए ।
त्यसैगरि रोवर्ट प्रतियोगिता, आइसिटी म्यूजियम, आइसिटी विजनेस टकलगायतका कार्यक्रम सञ्चालन हुनेछ । सो अवसरमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा प्रदान गरिने आयोजक टिमले जानकारी दिए ।

आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादन प्रदर्शनी तथा अन्य आइसिटीसँग नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी, मोबाइल प्रदर्शनी एवं बिक्री वितरण गरिनेछ ।
प्रभु पेको मुख्य प्रायोजना रहेको यस मेलामा सूचना प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहनेछ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?