ICAS
Rara

विज्ञान प्रविधिलाई महत्व नदिदा देश पछाडी परेको छ : प्रदेश प्रमुख शेरचन

राजु गिरी, पोखरा । विज्ञान प्रविधिलाई महत्व नदिँदा देश पछाडी पर्न गएको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बताएका छन् । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ कास्कीले आयोजित क्यान इन्फोटेकको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले यस्तो कुरा बताएका हुन् । विज्ञान प्रविधिका कारण नेपाल भन्दा अविकसित राष्ट्रहरुले फड्को मारिसकेको अवस्थामा नेपालले यसलाई अवलम्वन गर्न नसकेको उनको भनाई थियो ।

विज्ञान प्रविधिसँगै अनुशासन र नैतिकता आवश्यक हुनुपर्ने उनको जोड थियो । नेपालको शिक्षामा विज्ञान प्रविधि सम्वन्धित ज्ञान प्रयाप्त नुहँदा देश माथी उठ्न नसकेको शेरचनले बताए । आम नागरिकसमक्ष सूचना प्रविधिको पहुच पुराउन अत्यावश्यक रहेको उनको भनाई थियो ।
क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुवँरले सूचना प्रविधिको विकास भएमात्र अन्य क्षेत्रको विकास सम्भव हुने बताए । नेपालको अवस्था हेर्दा मोबाईल बैंकिङ र इन्टरनेटमा बाहेक अन्य सूचना प्रविधिको विकास हुन नसकेको उनको भनाई थियो । शिक्षाको आधारभुत तहबाटै सूचना प्रविधिलाई अनिवार्य विषय बनाएमा समृद्ध नेपालको परिकल्पना साकार हुने उनले सुझाव दिए ।

govnotice

त्यस्तै बिजयपुर व्यारेकका पृतनापति गोकुल भण्डारीले अहिलेको समयमा प्रविधिमा ज्ञान अत्यावश्यक रहेको बताए । पोखरा उद्योग वाणिज्य महासंघ कास्कीका महासचिव अर्जुन पोखरेलले सबै क्षेत्र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

parichay

क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारीले सूचना प्रविधिले नै देशलाई समृद्धिको बाटोमा लान सकिने बताए । इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने उनको भनाई थियो । उद्घाटन कार्यक्रममा लाग्राण्डी कलेजका प्रमुख किरण केसी, क्यान कास्कीका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्याल, क्यान गण्डकीका अध्यक्ष तुलसीराम पाण्डेलगाएतले विज्ञान प्रविधिको महत्वका बारेमा बोलेका थिए ।

११औं संस्करणको गण्डकी प्रदेश स्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भईरहेको छ । मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटी क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था समेत मिलाइएको छ । जस अन्र्तगत हेल्प डेक्स, ग्राफिक्स डिजाईन तथा हार्डवयर एण्ड नेटवर्क सम्वन्धि आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाहरुलाई यो अवसर प्रदान गरिएको छ । जसमा आवेदकहरुलाई निःशुल्क तालिम प्रदान गरी क्यान महासंघ कास्कीमा आवद्ध रहेका संस्थाहरु तथा अन्य व्यावसायिक संस्थाहरुमा सिफारिस गरिने आयोजकले बताएको छ ।

pokhara internet
Comments
Loading...