ICAS
Rara

हाइजेनिक फुडका लागि ‘मेमोरी क्याफे’ उत्कृष्ट गन्तव्य

  • एलिजा क्षेत्री विद्यार्थी पत्रकार

पोखरा । पोखराको के आइ सिङ पुल स्थित सेती रिभर गर्जमा मेमोरी क्याफे एण्ड बेकरी रहेको छ । त्यहाँ घुम्न आउने आन्तरिक एवंम् बाह्य पर्यटकलाइ सेवा दिने उदेश्यका साथ विगत् १ वर्ष देखि मेमोरी क्याफे एण्ड बेकरी सञ्चालनमा आएको क्याफको संचालक उषा क्षेत्रीले बताइन् । क्याफेमा सुलभ मुल्यमा हाइजेनिक खानेकुरासँगै ग्राहकले उत्कृष्ट हस्पिटालिटी पाउन सक्ने क्षेत्रीले बताइन् ।

सुन्दर नगरी पोखराको पर्यटकीय गन्तव्यको रुपमा चिनिदैे आएको सेति रिभर गर्जमा वर्षै भरि पर्यटकको आगमन भइरहन्छ । ग्राहकहरुले क्याफेमा आउँदा अझै विशेष महशुस गरुन् भन्ने हेतुले यसको ‘इन्टेरियर’मा पनि विशेष ध्यान दिइएको क्षेत्री बताउँछिन् ।

aama movie

स्थानिय उत्पादनलाइ बजारीकरण गर्ने र ग्राहकलाइ अर्गानिक उत्पादनबाट बनेको फरक स्वाद दिन क्याफेको सञ्चालन गरिएको सञ्चालक उनले बताइन् । सेती रिभएर गर्जको आसपासमा खासै ठुला लगानीका रेस्टुरेन्ट छैनन् । उनले भनिन् ,‘के आइ सिङ पुल बजार क्षेत्र हो,पर्यटकको आगमन भइरहन्छ, त्यसैले क्याफे र बेकरीको राम्रो सम्भावना देखेर लगानी गरे ।’

राम्रो पसलहरु नहुँदा घुम्न आउने पर्यटकहरुले असहजता झेलेको देखेपछि आउने पर्यटकलाई सेवा प्रवाह गर्नका लागि ‘मेमोरी क्याफे’ को कन्सेप्ट ल्याएको क्षेत्रीले बताइन ।

बिहान साढे ६ बजेदेखी खुल्ने यो क्याफे साँझ साढे ९ बजेसम्म खुल्छ । रेस्टुरेन्टमा हाल ६ जनाले रोजगारी पाएका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?