ICAS
Rara

काठमाडौंको कलंकीमा ब्रेक फेल भएको मालबाहक ट्रकले ९ सवारीसाधन घिसा-यो, १ को मृत्यु

काठमाडौं/

काठमाडौंको कलंकीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चितवन टाँडीका शमशेर गुरुङ्को दुर्घटनामा मृत्यु भएकोे हो ।

parichay

सोमवार साँझ थानकोटबाट कलंकीतर्फ गईरहेको ना ६ ख २८७१ नम्बरको मालवाहक ट्रकले ब्रेक फेल भएका कारण मोटरसाईकल, स्कुटर, मिनिट्रक, जीप तथा सरकारी गरी ९ वटा सवारीसाधनलाई ठक्कर दिएको प्रहरी बृत्त कालिमाटीका डिएसपी रुगम कुँवरले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइतेमध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सर्लाही घर भएका ट्रक चालक वीरेन्द्र कुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए। ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?