NMB Bank

ह्याण्डबलका बिशाल कोचिङ कोर्षमा सर्वोत्कृष्ट भएर स्वदेश फर्के

पोखरा, ११ असार । ह्याण्डबलका खेलाडी तथा गण्डकी प्रदेश ह्याण्डबल टिमका कप्तान बिशाल बस्नेत सर्वोत्कृष्ट भएर स्वदेश फर्केका छन ।

भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा गत मे १४ बाट जुन २५ सम्म आयोजना भएको ६ हप्ते प्रमाणपत्र तह कोचिङ कोर्षमा सहभागि भारतिय र अन्य दुई नेपाली ह्याण्डबल सहभागी सहित २८ जनालाई उछिन्दै बिशालले सर्वाेत्कृष्ट अंक हासिल गरेका हुन ।

राष्ट्रिय खेलकुद परिषद बैदेशिक अध्ययन अन्तरगत ह्याण्डबल सहित विभिन्न खेलका ४३ जनाले सहभागिता जनाएको ह्याण्डबलका मुख्य प्रशिक्षक एवम बैदेशिक अध्ययनको जिम्मेवारी सम्हालिरहेका हिमाल दाहालले बताए ।

उक्त तालिममा ह्याण्डबलका तर्फ बाट बागलुङका कल्याण भण्डारी र शसस्त्र प्रहरी एपिएफ क्लबका दिपक सिंह बोहोराले सहभागिता जनाएकोमा उनीहरुले समेत आफ्नो कोचिङ कोर्ष उर्तिण गरेको मुख्य प्रशिक्षक दाहालले जानकारी दिए । उक्त प्रशिक्षणका लागि सहभागी खेलाडीले प्रशिक्षणमा लाग्ने लागतको ५० प्रतिशत रकम आफैले व्योहरेका थिए भने ५० प्रतिशत राखेपले उपलव्ध गराएको थियो ।

सर्वोत्कृष्ट भएका बस्नेत गण्डकी प्रदेश ह्याण्डबल टिमका टिम कप्तान रहेर नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिमलाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?