हङकङमा नयाँ कानुन आएपछी विरोध, पदर्शनकारी पक्राउ पर्न थाले

एजेन्सी l चीनले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानुनअनुसार हङकङमा प्रदर्शन सुरु भएको छ। प्रदर्शनमा मानिस पक्राउ गर्न थालिएको बिबिसिले जनाएको छ। विरोध प्रदर्शन बढ्दै गएपछि चीनले हिजो (मंगलबार) यो कानून ल्याएको थियो। हङकङको संविधानमा पनि हिजो नै यो कानूनका व्यवस्था राखिएको छ। हङकङको स्वतन्त्रता माग गर्दै भएको प्रदर्शनमा सहभागीलाई बुधबार पक्राउ गरिएको हो। नयाँ कानुनमा टेकेर गरिएको यो पहिलो घटना हो। बेलायती शासन समाप्त भएको २३औं वर्षगाँठ मनाउन केही प्रदर्शनकारी सडकमा उत्रिएका बेला ती व्यक्तिलाई पक्राउ गरिएको बिबिसिले जनाएको छ।

pokhara internet
Comments
Loading...