विप्लव नेतृत्व नेकपाका भक्तपुरका जिल्ला इन्चार्ज पक्राउ

भक्तपुर / 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भक्तपुर जिल्ला इन्चार्ज विजय शाही भनिने ऐनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

ICAS

पक्राउपछि शाहीलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको गिरीले जानकारी गराए । बम विष्फोटबारे अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो प्रहरीले जनाएको छ ।

गएको २८ फागुनमा भक्तपुरको मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको छ। विष्फोट आफ्नो पार्टीले गरेको दाबी विप्लव समूहले गरेको थियो ।

pokhara internet
Comments
Loading...