ICAS

कोरोना कहर खेप्दै बिन्ध्यबासिनी मन्दिर (फोटो फिचर)

मंगलबारदेखी चैत मसान्तसम्म बिन्ध्यबासिनी मन्दिर र बाटिका बन्द

सन्तोष बस्याल

पोखरा /

Parichay
Infomatics

नेपालको धार्मिक पर्यटकिय स्थलका रुपमा चर्चित विन्ध्यवासिनी धार्मिक क्षेत्र सुन्दर नगरी पोखरामा अवस्थित छ । प्राकृतिक सौन्दर्यता सँगै धार्मिक विश्वासमा विन्ध्यवासिनीको नाम अग्रपंक्तिमा नै छ । आन्तरिक पर्यटक होस् या बाह्य यहाँ पाइला नटेकी जाने कमै होलान् । धर्मप्रति आस्था राख्नेहरुका लागि उचित गन्तव्य बनेको छ विन्ध्यवासिनी ।

पर्यटकको मन लोभ्याउन विन्ध्यवासिनी पार्कको समेत व्यवस्था गरिएको छ । माछापुच्छ्रेको आंगनमा पोखरा र यही पोखरा भित्रको सौन्दर्यतालाई विन्ध्यवासिनीले मोहित बनाएको छ । बालबालिका, युवादेखी वृद्धसम्मका उमेरसमूहका भत्तजनहरु मन्दिर दर्शनका लागि पुग्ने गर्छन । हरेक समयमा यहाँ केही न केही गतिविधि भइरहेकै हुन्छ । मन्दिरको संरक्षण विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गर्दै आइरहेको छ ।

पछिल्लो समय विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को कहरबाट विन्ध्यवासिनी धार्मिक क्षेत्र पनि पिडीत छ । अघिपछि आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको चहलपहल हुने विन्ध्यवासिनीमा हिजोआज पर्यटक नै छैनन् । सुनसान छ विन्ध्यवासिनी । विन्ध्यवासिनीको मूख्य मन्दिर, शिव मन्दिर, राम मन्दिर, गणेश मन्दिर लगायतमा भक्तजनको भिडभाडनै हुने गथ्र्यो । अहिले कोरोनाको त्रासले सबै ठप्प छ ।

विन्ध्यवासिनी पार्कमा बसेर आनन्दको अनुभुति लिनेहरुको जमात समेत घटेको देख्न सकिन्छ । विन्दवासिनी क्षेत्रभित्र फुलमाला, प्रसादको व्यवसाय गर्नेहरुको व्यवसाय चौपट छ । अगाडीका दिनहरुमा देखिने माग्नेहरु समेत देखिदैनन् । कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै विन्ध्यवासिनी मन्दिर र विन्ध्यबासिनी वाटिका मंगलबारदेखी चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय भइसकेको छ ।

कोरोना भाइरसलाइ लक्षित गर्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सूचनानै जारी गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रमा आउँदा जाँदा मन्दिरको नजिकै रहेको धारामा राम्रोसँग साबुन पानीले हात धुन समितिले आग्रह गरेको छ । पशुपन्छीबाट कोरोना भाइरस संक्रमण हुने भएकाले चैत्र महिनाभरी बलीका लागि ल्याउन र परेवा उडाउन समेत निषेध गरिएको छ । समितिका अनुसार मन्दिर परिसरमा प्रत्येक बिहान हुने नित्य तथा शनिबार सरिय भजन र शनिबार सरिय आरती चैत्रमसान्तसम्म स्थगित गरिएको छ । समितिले वर्षेनी आयोजना गर्दै आएको रामनवमी पूजा र हनुमान जयन्ती विशेष पूजनोत्सव साधारण रुपले सम्पन्न गर्ने जानकारी दिएको छ ।

विन्ध्यवासिनी परिसर र विन्ध्यवासिनी बाटिकामा २५ जना भन्दा बढी एकैठाँउमा जम्मा नहुन र एक व्यक्तिदेखी अर्को व्यक्तिको दुरी ३ फिट राख्न समितिले अनुरोध गरेको छ । साथै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अन्तर्गत रहेको फूल प्रसाद पसलहरुको भाडामा चैत्र महिनाको लागि ६६ प्रतिशत र एम्बुलेन्स भवनका शटरहरुको भाडामा ५० प्रतिशत छुट गरिएको सचिव तिर्थ श्रेष्ठले जानकारी गराए ।

तस्बिर : प्रेम थापा / परिचय नेटवर्क

pokhara internet
Comments
Loading...