NTHMC

पाकिस्तानमा भएको विमान दुर्घटनामा दर्जनौको मृत्युु

एजेन्सी /

पाकिस्तानमा लाहोर शहरबाट उडानमा रहेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एउटा एअरबस ए३२० विमान कराची शहरको सघन आवासीय क्षेत्र मोडेल कोलोनीमा दुर्घटनाग्रस्त भएको छ।

roma

फ्लाइट पीके ८३०३ मा ९१ जना यात्रु र आठजना चालकदलका सदस्यहरू थिए र उक्त विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयासमा थियो।

ICAS

प्रान्तीय स्वास्थ्य अधिकारीहरूले कम्तीमा ३७ जनाको ज्यान गएको पुष्टि गरेका छन् तर ज्यान गुमाउनेहरूको सङ्ख्या यो भन्दा एकदमै धेरै हुन सक्ने डर व्यक्त गरिँदैछ। कम्तीमा दुईजना यात्रु दुर्घटनाबाट बाँचेका छन्।

उक्त विमानका चालकले इन्जिनको शक्ति गुमेको जानकारी गराएका थिए र त्यसपछि विमान संकटमा रहेको सूचना मेडे जारी गरेका थिए।

विमान दुर्घटना हुनुको कारण पुष्टि हुन बाँकि छ। पीआइएका प्रमुख कार्यकारी एअर भाइस मार्शल अर्शद मलिकले भनेका छन् विमान चालकले ट्राफिक कन्ट्रोललाई उक्त विमानले केही “प्राविधिक समस्याहरू ” बेहोरिरहेको बताएका थिए।

विमानले दुर्घटनामा पर्नु अघि एक पटक विमानस्थलमा अवतरण गर्ने प्रयास पनि गरेको थियो तर विमानचालकहरूले दोस्रो पटक प्रयास गर्ने निर्णय लिएका थिए।

parichay

ब्यांक अफ पन्जाबका अध्यक्ष जफर मसुद उक्त विमानका एकजना यात्रु थिए र उनी बाँच्न सफल भएका बताइएको छ। अर्का जिवित व्यक्तिको नाम मुहम्मद जुबैर रहेको बताइएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू उक्त दुर्घटनाबाट “स्तब्ध र दु:खी” भएको बताउँदै यस विषयमा तत्काल अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका छन्।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।

यस्तै,विभिन्न समयमा विभिन्न विमान दुर्घटनाहरूका कारण पाकिस्तानमा हवाई सुरक्षा अवस्था बलियो छैन

सन् २०१० मा एउटा निजी कम्पनी एअरब्लुद्वारा सञ्चालित एउटा विमान इस्लामावाद नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५२ जनाको ज्यान गएको थियो। जुन पाकिस्तानको इतिहासमा नै सबैभन्दा खराब विमान दुर्घटना थियो।

सन् २०१२ मा पाकिस्तानको भोजा एअरले सञ्चालन गरेको एउटा बोइङ् ७३७-२०० विमान खराब मौसमका कारण रावलपिण्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ जना चालकदलका सदस्य सबै मारिएका थिए।

र सन् २०१६ मा पाकिस्तान अन्तर्राष्ट्रिय विमानसेवाको एउटा विमान उत्तरी पाकिस्तानबाट इस्लामावादतर्फको उडानमा रहँदा आकाशमा नै विस्फोट भएर ४७ जनाको ज्यान गएको थियो। बीबीसी

pokhara internet
Comments
Loading...