लकडाउनमा पनि विकास निर्माणका काममा व्यस्त छन् सांसद पहारी

राजु गिरी, पोखरा । राज्यमा लकडाउन भएपनि सरकारले विकास निर्माणको कामलाई अगाडी बढाईरहेको छ । लकडाउनको शुरुवाती अवस्थामा निर्माणको काम ठप्प भएपनि अहिले केही अगाडी बढेको छ । लकडाउनकाविच पनि कास्की ३(ख) बाट निर्वाचित गण्डकी प्रदेशका सांसद राजिव पहारी विकास निर्माणको काममा व्यस्त छन् । लकडाउन भएपनि विकास निर्माणलाई रोक्न नहुने बताउने उनी निर्माण भैरहेको ठाउँमा अनुगमनका लागि पुगेकै हुन्छन् । अहिले उनको यो दैनिकी नै बनेको छ ।

parichay

शनिबार पनि पोखरा ६ खहरे स्थित नहर मार्गको खहरे चोकदेखि पधेरा चोकसम्म सम्पन्नको अन्तिम चरणमा पुगेको ढलान बाटोलाई अनुगमन गरेका छन् । उक्त बाटो ६ मिटर चौडाई र करिब १ किलोमिटर लम्बाईको छ । वैकल्पिक बाटोको रुपमा प्रयोग हुने सो बाटोको ढलान निकट भविष्यमा बुलौदीसम्म पुराउने योजना रहेको सांसद् पहारीले बताएका छन् । वस्ती बाक्लिदै गएकाले बाटो ढलान गर्न आवश्यक देखिएको उनको भनाई छ । उक्त ढलान सांसद विकास कोष र प्रदेश सरकारबाट रकम बाट निर्माण भएको हो ।

roma

प्रदेश ३ (ख)मा विकास निर्माण कार्य धमाधम भैरहेको उनले दावी गरे । उनले भने– ‘विकास निर्माणका कामहरु धमाधम भैरहेको छ । गुणस्तरिय तरिकाले काम भएको छ छैन भनेर दिनहुँ कुनै न कुनै ठाउँमा अनुगमन गरिरहेको छु । वहुवर्षिय योजनाबाहेक सबै निर्माणका काम यो असारमै सकिनेछ ।’

pokhara internet
Comments
Loading...