विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

parichay

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । यही भदौ २९ गते चारवर्षे कार्यकाल पूरा गरी बिदाइसमेत भइसकेका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत कोइरालालाई नै यसअघि पटकपटक निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएका थिए ।

roma

प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुन् । वरिष्ठतालाई समेत ख्याल गरेर मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । अर्को व्यवस्था नहुन्जेलका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो ।

pokhara internet
Comments
Loading...