NTHMC

‘संक्रमण बढ्दै गए काठमाडौंमा अवस्था भयावह हुनसक्छ’

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिले देखिएको कोरोना संक्रमणको अवस्था बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने बताएका छन् ।

अवस्था काबु बाहिर जान नदिन  बाहिरि जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्ने र पीसीआर परीक्षणको दायरा बढाउने मन्त्री ढकालको भनाइ छ ।

उनले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो, गाडी चलाउने कुरामा पनि जोर–बिजोर प्रणालीको लागु गरियो भने त्यसले एकहदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर जानुपर्छ ।’

उनले काठमाडौँमा कोरोनाको आगो सल्कियो भने निभाउन नसकिने र विष्फोट हुने बताए ।

उनले संक्रमण बढी देखिएका जिल्लाहरुलाई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए । वीरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।

 

pokhara internet
Comments
Loading...