NTHMC

दशैं यात्रा र मनमा भ्रमण वर्ष २०२०

डा. वसन्त गौतम
हरेक दशैंको बिदाभित्रमा देशको कुनै नयाँ ठाउँमा यात्रा गर्ने केहि वर्षदेखिको हाम्रो पारिवारिक परम्परालाई निरन्तरता दिने क्रममा यसपालि साथीहरुसंग बर्दिया राष्ट्रिय निकुञ्ज जाने योजना बन्यो ।
योजना मुताबिक टिकाको पर्सिपल्ट बिहान आठ जनाको हाम्रो टोली प्रस्थान गर्यो् । हाम्रो यहि समूहले परारको दशैंमा पूर्वी नेपालको यात्रा गरेको थियो । यात्रा अवधिभरका लागि एउटा जीप भाडामा लिइएको थियो ।
नेपाल मलाई अति सुन्दर लाग्छ र यो नेपाल अघाउञ्जेल नघुमी मरौंला भन्ने ठूलो डर छ मनमा । तर ढुक्कले घुम्ने परिस्थिति बनेको छैन अझै । घुम्नका लागि परिवारका सबैको बिदाको समय कुर्नुपर्योे, जुन दशैंमै मात्र मिल्छ । अनि घुमघामको खर्चको कुरा पनि छ । यी सबै मेसो मिलाउनुपर्ने कारणले गर्दा चाहेजति अझै घुम्नसकेको छैन । थोरै नै सहि, मैले पूर्वी नेपाल केहि घुमेको छु तर पश्चिम नेपालको मामिलामा भने मेरो स्थिति लाजमर्दै छ । २०५७ सालको चैतमा लुम्बिनीसम्म पुगेको म त्यसपछि अहिलेको यात्रा सम्पन्न नहुञ्जेल कावासोती कटेर उता लागेको थिइन ।
उद्देश्य बर्दिया राष्ट्रिय निकुञ्ज र त्यसपछि कर्णाली(चिसापानी पुलसम्मको भएपनि हामीले पहिलो रातको बास लुम्बिनीलाई बनायौं । ठाउँ(ठाउँमा रोकिँदै आरामको यात्रामा जाँदा हामी साढे ३ बजे भैरहवा कट्यौं र लुम्बिनीतिर सोझियौं । भैरहवाबाट लुम्बिनी जान हामीले समातेका बाटो फराकिलो थियो तर बन्दै गरेकाले उबडखाबडयुक्त कष्टपूर्ण थियो । ठाउँ(ठाउँमा बाटोलाई एकतर्फी गरिएको थियो तर कतै सूचना राखिएको थिएन । यस्तोमा धेरै यात्रुहरु, विशेष गरी पर्यटक झुक्किनु स्वाभाविक छ । हामी पनि एक पटक बाटो बन्द देखेर २ किमीजति फर्केर अर्को साइडबाट जानुपर्योभ । हाम्रो राज्यको लापरवाहीको एउटा नमूना हो यो । यस्तो लापरवाही कतैपनि क्षम्य हुँदैन, झन् लुम्बिनीजस्तो धार्मिक र पर्यटकीय धाम जाने बाटोमा त हुनैहुँदैन ।
यो बाटोको कष्टपूर्ण यात्रा पछि हामी लुम्बिनी गुरुयोजनाले समेटेको भेग प्रवेश गर्यौंम, यहाँ पुगेपछि मन झन् खिन्न भयो । लुम्बिनी धाम अगाडिको बाटो धूलोले पूरै कुहिरीमण्डल थियो । बाटो चाक्लो बनाइएको रहेछ तर पिच नभएकोले जताततै बुङ्बुङ्ती धूलो उडीरहेको थियो । सवारी व्यवस्थापन अत्यन्त भद्रगोल थियो र हरेक प्रवेशद्वार अगाडि अराजक भिड र कोलाहल देखिन्थ्यो । राज्यले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको छ तर देशको एउटा प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीको हालत यस्तो छ १ लुम्बिनी फेरि एउटा आम पर्यटकीय गन्तव्यमात्र होइन, यो संसारका अरबौं मान्छेहरुको आस्थाको केन्द्र हो । थाइल्याण्ड, म्यान्मार, श्री लंका, कोरीया, जापान, चीन आदिजस्ता देशका धेरै मान्छेहरु जिन्दगीमा कम्तिमा एकपटक लुम्बिनी भ्रमण गर्ने धोको राख्छन् । र अहिले पश्चिम(पूर्व, संसारका अरु सबै देशमा पनि भगवान गौतम बुद्धमा आस्थावान मानिसहरुको संख्या बढीरहेको छ । यसैले लुम्बिनीसम्मको यात्रालाई सहज र सुविधापूर्ण बनाउने र स्वयं लुम्बिनीलाई व्यवस्थित बनाउने हो भने लुम्बिनी आफैंले २० मात्र होइन ३० लाख पर्यटक भित्र्याउन सक्छ । त्यसका लागि यी बाटाहरुको निर्माण यथाशिघ्र सम्पन्न भइसक्नुपर्छ । भ्रमण वर्ष शुरु हुन अब ३ महिनामात्र बाँकी छ, युद्धस्तरमा काम नगरी यो सम्भव छैन । साथमा होटल, गेष्ट हाउसहरुको उचित व्यवस्थापन र निरन्तर अनुगमन पनि जरुरी छ ।
साँझमा हामीले मायादेवी मन्दिर भ्रमण गर्यौंअ । मायादेवी मन्दिरको दर्शन प्रकृयार सरसफाइपहिलेभन्दा व्यवस्थित लाग्यो । त्यसपछि त्यहाँको उद्यान, सिद्धार्थ गौतमलाई जन्माएपछि मायादेवीले नुहाएको तलाउ र आराम गरेको पीपलको वृक्ष, अशोक स्तम्भ, आदि वरिपरि टहलिँदै र तस्बीर लिँदै केहि समय बिताएपछि हामी शान्तिदीप बलिरहेको स्थानतिर गयौं र होटल फर्कियौं ।
हाम्रो जीपमा केहि प्राविधिक समस्या आएकाले मर्मत गराउनका लागि जीप लिएर चालक भाइ भैरहवा गएका थिए । हामी विद्युतीय रिक्शा ९इ(रिक्शा० मा होटेल फर्कियौं । लुम्बिनीमा अहिले पहिलेका रिक्शा देखिँदा रहेनछन्, इ(रिक्शामात्रै चल्दा रहेछन् ।
रिक्शा चालकका अनुसार यी इ(रिक्शाहरु एक कोरीयन केटीको प्रयासमा प्राप्त भएका हुन् । ति केटी लुम्बिनी घुम्न आएको बेला रिक्शा चालकहरुको दुस्ख देखेर कोरीया फर्केर चन्दा उठाएर रिक्शा किनेर बाँडेकी हुन् । उनका कुरा लगभग सत्यनै होलान् किनभने कोरीयाली अन्तर्राष्ट्रिय सहयोग निकाय ९कोइका० ले सन् २०१६ को फेब्रुअरीमा ७० वटा इ(रिक्शा बाँडेको थियो । ती दयालु युवतीले कोइकाको माध्यमबाट काम गरेकी होलिन् । इ(रिक्शा पहिलो पटक वितरण भएको यहि बेला हुनुपर्छ, अहिले आएर एशियाली विकास बैंक आदि अरु संस्थाले पनि बाँड्ने खबर आएका छन् ।
भोलिपल्ट बिहान इ(रिक्शानै लिएर बिभिन्न देशका मन्दिरहरुहरु घुमियो । सबै देशका मन्दिरहरु आ(आफ्नै विशेषताका र भव्य छन् । नेपालको मन्दिर पनि भव्य र प्रभावशाली छ ।
मन्दिरहरु घुमेर हामी बर्दिया लाग्यौं । पहिल्यै घुमिसकेका साथीहरुवाट प्राप्त फोन नम्बरका माध्यमले बस्ने ठाउँको जोहो गर्यौं लुम्बिनीबाट हिँड्ने बित्तिकै ।
राष्ट्रिय निकुञ्जको क्षेत्र छिरेपछि अलिक कडाइ देखियो । सबैतिर सेनाको निगरानी थियो । जनावरहरु हिँडिरहने क्षेत्र भएकाले गाडीको गति ४० किमी प्रतिघण्टामा सीमित गरिने रहेछ र त्यसका लागि ठाउँ(ठाउँमा टाइमकार्ड लिनुपर्ने र बुझाउनुपर्ने रहेछ ।
पूर्व(पश्चिम राजमार्गको अम्बासाबाट देब्रे लाग्दानै अँध्यारो भइसकेको थियो । त्यहाँबाट पातला बस्ती र जङ्गल हुँदै झण्डै ११ किमी भित्र गएपछि मात्रहामी बस्ने थारु होम रिसोर्ट आउनेथियो । हामी रिसोर्टका सञ्चालक मोहनलाल चौधरीसंगनिरन्तर फोन सम्पर्कमा थियौं तर अँध्यारोमा अपरिचित भेग हिँड्नु अलिक अप्ठेरो हुने भइहाल्यो । बीचमा एउटा खोला तर्नुपर्ने भनिएको थियो । खोलामा पुल देखिएकोले हामी उत्साहित हुँदै अगाडि बढ्यौं तर बीचबाट फर्कनुपर्यो , बनीसकेकै रहेनछ । यसपछि मात्रै हामीले हाम्रो पछिपछि आएको एउटा बाइक किन पुलतिर नआइ खोलातिर ओर्लिएको रहेछ भन्ने बुझ्यौं ।
खोलामा ओर्लिएपछि फेरि अर्को समस्या आइपर्योय । खोला कहाँ गहिरो छ र कहाँ छैन भन्नेकसरी पत्ता लगाउने त्यो अँध्यारोमा १ फेरि मोहनलालजीसंग सम्पर्क गर्यौं । ‘एकछिन पर्खने र कुनै बाइक आएपछि त्यो कहाँबाट पस्छ हेरेर त्यसैको पछिपछि आउने ।‘ भन्ने सल्लाह अनुसार गरियो । हामी थारु होम रिसोर्ट पुग्दा साँझ साढे आठभन्दा बढी भइसकेको थियो ।
थारु होम रिसोर्टको स्वादिष्ट खाना खाएर र भोलिपल्टको जीप सफारीको व्यवस्था गरेर सुत्दा मध्यरात हुन आँटीसकेको थियो ।
भोलिपल्ट बिहान बर्दियाको विशेष उत्पादन कालो चामलको भातसहितको नास्ता खाइयो । अचेल चर्चित मार्सीभात भन्दा केहि कालो यो भात उच्च पौष्टिकतायुक्त हुने जानकारी पाइयो । केहि वर्ष पहिला कोरीयाबाट बीउ ल्याएर यसको उत्पादन शुरु गरिएको रहेछ ।
हामीलाई जङ्गल सफारीमा लाने जीप रिसोर्ट अगाडि हामीलाई पर्खिरहेको थियो । हामी चढेको केहि समयपछि एकजना फूर्तिला युवा जीपमा चढे । उनी दीपक राजवंशी रहेछन् हाम्रो जीप सफारीका गाइड । अत्यन्त विनम्र दीपक भाइ जङ्गल सफारीका गाइड मात्र होइन, पेशेवर वन्यजन्तु फोटोग्राफर पनि रहेछन् । उनले खिचेका फोटाहरु नेशनल जोग्राफिकले समेत प्रयोग गरेको रहेछ । उनले भने अनुसार काठमाण्डौंको विमानस्थलमा राखिएको बाघको ठूलो तस्बीर पनि उनकै क्यामेराको कमाल हो ।
जीप सफारीमा बाघ देखियोस् भन्ने हाम्रो यात्राको शुरुवातदेखिकै प्रार्थना थियो ।
बर्दिया निकुञ्जले जङ्गली जनावर र विशेषगरी बाघको संरक्षणमा संसारभर ख्याति कमाएको छ र प्राकृतिक वासस्थानमै सहज रुपमा बाघ हेर्न सकिने थोरै ठाउँमध्ये एक मानिन्छ यसलाई । सन् २००९ मा १८ मात्रै रहेको वयष्क बाघको संख्या हाल ८७ पुगेको रहेछ । यो प्रशंशायोग्य संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरु पाएको छ । विश्व बन्यजन्तु कोषका सदभावना दूत लियोनार्डो डि काप्रियोले आफ्नी आमा र दिदीसंग सन् २०१० मा यहाँ केहि दिन बिताएका थिए । बेलायती राजकुमारह्यारीसन् २०१६ मा आएका थिए।
हामी बसेको होटलबाट २ किमी पर रहेछ बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा प्रवेशद्वार । लामो नाम दर्ता प्रकृयापछि मात्र जङ्गल पस्न पाईने रहेछ । त्यो बिहान हामी ८ जनाबाहेकअरु ३० जनाजति पनि सफारीका लागि जङ्गल प्रवेश गरेका थिए ।
न गर्मी, न जाडो, ठिक्कको एकदम राम्रो मौसम थियो । जङ्गलमा ठाउँ(ठाउँमा बाघ वा अरु कुनै विशेष जनावर देखिन सक्ने ठाउँमा चालकलाई जीप रोक्न लगाउँथे दीपक भाइ । साथै जङ्गली जनावरहरु, विशेष गरी बाघका बारेमा हामीलाई थुप्रै कुरा पनि सुनाए उनले । जङ्गल सफारीको गाइडका रुपमा उनले सँगालेका अनुभवहरु सुन्न पनि रमाइलो भयो । राजकुमार ह्यारीले १ घण्टाजति जङ्गलमा बिताउँदा उनलाई उपलब्ध गराइएका चार गाइडहरु मध्ये एक रहेछन् दीपक भाइ । लियोनार्डो डि काप्रियोले आफ्नो चश्मा निकालेर पहिराइदिएका पाका र अनुभवी गाइड राजमान चौधरी दीपक भाइका मामा रहेछन् ।
सबैको पहिलो उत्सुकता बाघ हेर्ने हुन्छ यस्ता सफारीमा । हात्ती र गैंडाका बथानदेखिने पनि आशा हुन्छ । तर त्यो दिन हामीलाई भाग्यले साथ दिएन, बाघका केहि ताजा पाइला, आफ्नो क्षेत्र जनाउन उसले जमीन कोतरेर बनाएका संकेत र दिसाको थुप्रो मात्र देख्न पाइयो । चित्तल र बाँदर भने प्रशश्त देखिए । दीपक भाइका अनुसार चित्तल बाघको सबैभन्दा प्रिय शिकार हो । बाँदर र चित्तल ‘दोस्त’ हुँदा रहेछन् जङ्गलका, बाघ आएको देखेर बाँदरहरु कराएको आवाजले चित्तलहरु सतर्क बन्दा रहेछन् र सुरक्षित हुन भाग्दा रहेछन । यी बाहेक १(२ ठाउँमा जरायोहरु पनि देखियो । हात्तीको बथान हिँड्ने क्रममा माडिएका साना बिरुवाहरु पनि देखाउँदै थिए दीपक भाइ तर बथान हिँडेर कता पुगिसकेको हो केहि भेउ पाउन सकिएन । गैंडा र बँदेलहरु पनि देखिएनन् । जङ्गलको बीचमा रहेको गिर्वा खोलाको किनारमा गोहीहरु घाम ताप्दै गरेको पनि देखिएन ।
यो याममा जङ्गली जनावहरु देखिनु भाग्यकै कुरा हो रहेछ । बाघ, हात्ती, गैंडा आदि सहजै देखिने भनेको चैतदेखि असारको गर्मी बेला रहेछ । त्यो बेला बाघ तिर्खाएर पानी खान निक्लने रहेछ र कतिपय धेरै गर्मी दिनमा त घण्टौंसम्म आहाल बस्दो रहेछ । अरु जनावरहरु पनि गर्मी छल्न पानी खोज्दै आउँदा रहेछन् ।
गर्मी याममा फेरि बर्दिया आउने र त्यो बेला जीप सफारी होइन पैदल सफारी गरेर जसरी पनि बाघ हेर्ने निर्णय गर्दै हाम्रो ४ घण्टाको जीप सफारी सकियो ।
सफारीका जीपहरु डिजेलबाट चल्ने हुँदा तिनले निकुञ्जमा धूवाँ र ध्वनि दुबैथरी प्रदूषण गरीरहेका छन् । विशेष गरी चर्को ध्वनिका कारण जनावरहरु तर्सेर पनिभाग्छन् होला । यी डिजेल जीपहरुलाई धूवाँ र ध्वनि प्रदूषण दुबै नहुने इलेक्ट्रिक जीपहरुले प्रतिस्थापन गरिनुपर्छ । यसो गर्दा पर्यापर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा आकर्षण थप हुन्छ ।
फर्केर प्रवेशद्वारमा आइसकेपछि त्यहाँ रहेको गोही प्रजनन केन्द्रको अवलोकन गरियो । यहाँ प्रजनन गरेर केहि समय हुर्काएपछि गोहीलाई कर्णाली नदीमा लगेर छोडिने रहेछ । दीपक भाइका अनुसार त्यसरी कर्णालीमा छोडिएका गोहीहरुको बाँच्ने दर भने कम रहेछ ।
राजमार्गमा गाडीले ठक्कर दिएर घाइते भएको बाघलाई उपचार गरिँदै रहेछ नजिकै । मान्छेहरुलाई देखेपछि घाइते बाघ झर्कने र रिसाएर आक्रमण गर्न खोज्नेहुँदा फलामे जालीमा कालो पर्दा लगाइएको थियो । यसरी झर्केको बाघले बाहिरकालाई आक्रमण गर्न नसकेपछि भित्ता वा फलामे जालीमा आक्रमण गरेर आफैंलाई हानि पुर्यागउने रहेछ र उपचार प्रकृया झन् जटिल बन्ने रहेछ । संगै एउटा सानो पोखरीमा अन्धो भइसकेको एउटा बूढो गैंडा आहाल बसिरहेको थियो । यो गैँडालाई बाहिर निक्लन नदिनका लागि पोखरीको चारैतिर तारबार गरिएको छ र राति त्यसमा करेण्ट छोडिने रहेछ ।
अन्त्यमा, त्यहाँ रहेको सानो थारु संस्कृति सङ्ग्रहालय हेरेर हामीरिसोर्टतिर फर्कियौं ।
रिसोर्टमा खाना खाएर हामी कर्णाली चिसापानी पुल पुग्यौं र पुल तरेर कैलाली टेक्यौं ।
अब हाम्रो पोखरातिरको फिर्ती यात्रा शुरु भयो र हामी त्यो रातको बास बस्न नेपालगञ्जतिर लाग्यौं।

pokhara internet
Comments
Loading...