ICAS

बाँकेका २१ जना कोरोनामुक्त

बाँके / 

बाँकेका २१ जना कोरोनामुक्त भएका छन् । कोरोना भाइरसलाई पराजित गर्दै उनीहरु शुक्रबार घर फर्किएका छन् । सुशील कोइरला प्रखर क्यान्सर अस्पताल, खुराको आइसोलेसनमा उपचाररत उनीहरु डिस्चार्ज भएको खबर छ । तेस्रोपटक स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी गराए ।

Parichay
Infomatics

यस्तै, नेपालगन्जमा पनि एक जना कोरोनाबाट निको भएका छन् । १९ बैशाखमा ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनीसहित नेपालगन्ज उपमहानगरपालिका —८, जोलाहनपुर्वाका २० जना कोरोना संक्रमित निको भएको डा.थापाले बताए ।

pokhara internet
Comments
Loading...