बालिका बलात्कारपछि हत्या गर्ने पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामा घर बस्दै आएकी १४ वर्षीया संझा साहलाई बलात्कारपछि हत्या गरेकाे आराेप लागेका चुनु साह तेली पक्राउ परेका हुन् ।

ललाई फकाई उखु खेतमा लगेर बलात्कार गरी हत्या गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले स्थानीय ४५ वर्षीय तेलीलाई पक्राउ गरेको हो ।

ICAS

उनलाई गरुडा नगरपालिका- ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेलीले यही १६ असोजमा घाँस गएकी संझालाई ललाई फकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

pokhara internet
Comments
Loading...