NMB Bank

शरिर बिगार्ने र होचो बनाउने कुरा गलत हो : श्रेष्ठ

  • राजु गिरी l

नेपालमात्र नभई विश्वका प्राय राष्ट्रहरुमा भारत्तोलन खेलको विकास कछुवा गतिमा भएको पाईन्छ । नेपालमा त भारत्तोलनका ठुला खेलहरु आयोजना भएको पनि त्यती सुन्नमा आउदैन । प्रतिस्पर्धा भईरहने हो भने खेलाडी उत्पादन भैरहने र खेलमा रुची बढाउन सकिने विज्ञहरु बताउँछन् । पोखरामा अहिलेको स्थिति हेर्ने हो भने भौतिक पूर्वाधार पनि राम्रै छ । निशुल्करुपमा प्रशिक्षण पनि भैरहेको छ । २०६४ सालदेखि पोखरामा प्रशिक्षकको भुमिकामा रहेका बखतमान श्रेष्ठले पोखरा प्रशिक्षणका लागि उत्तम र राम्रो खेलाडी जन्माउन सक्ने ठाउँ भएको बताउँछन् । उनी भन्छन् ‘अहिले पूर्वाधार पनि राम्रो छ । आवश्यक समानहरु थप्ने क्रममै छौं । राम्रो खेलाडी जन्मन सक्ने ठाँउ पनि हो पोखरा ।’

सामान्य भाषामा भार उठाउने खेललाई भारत्तोलन भनिने यस खेललाई रडको सहायताले टाउको भन्दा माथी भारलाई उठाईन्छ । विभिन्न टेक्निक्स्को आधारमा उचालिने भारत्तोलन खेल मानिसको शारिरीक, मानसिक, बौद्धिक विकासमा विशेष भुमिका रहने प्रशिक्षक श्रेष्ठ बताउँछन् । उनी भन्छन्– ‘भारत्तोलन खेल्ने खेलाडीको शक्ति अरुको भन्दा अवश्य बढी हुन्छ । शरिर विगार्ने, होचो बनाउने भन्ने कुरा एकदमै गलत हो । होचोले मात्र खेल्ने भन्ने सोचाई पनि गलत हो । अग्लोले पनि खेल्न सकिन्छ ।’

सबै थरीका मान्छे सिक्न आएपनि त्यसलाई निरन्तरता दिने थोरै मात्र रहेको बताउँने श्रेष्ठ खेलमा नियमित हुनु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्– ‘यो खेल त्यती लोकप्रिय छैन । २, ४ पटक रहले सिक्न आउँछन् त्यसपछि सम्पर्क मै रहन्नन् । कति रहरले, कति परिवारले पठाएर आउछन्, यो नेपालमा मात्रै नभई विश्वको समस्या हो ।’

श्रेष्ठ भन्छन्– ‘१३, १४ वर्षको उमेरदेखि यस खेलमा लागेमा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ । लगातार १ डेढ वर्षको सिकाईमा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ । हाम्रो देशमा शिक्षामा मात्र महत्व दिएकाले खेलकुदमा लाग्नुपर्ने उमेरमा पनि लाग्न पाएका छैनन् । शिक्षाले मात्र शारिरीक, मानसिक, बौद्धिक विकास हुदैन । यो खेलकुदबाट पुरा हुन्छ ।’

यसमा लागेका खेलाडीले खानपानमा विशेष ध्यान दिनु जरुरी रहेको बताउँने प्रशिक्षक श्रेष्ठ भन्छन्– ‘परिश्रम अरु खेलभन्दा अलि बढी नै गर्नुपर्छ । यो खेलमा खुराक पुराउन आवश्यक छ । हेभी एक्सरसाईज हुनाले क्यालोरी पु¥याउनै पर्ने हुन्छ ।’

स्न्याच र क्लीन एण्ड जर्क भनेर दुई प्रकारमा खेलिने यस खेल सिधै टाउको माथी लैजाने स्न्याच र घाटी भन्दा तल एकपटक राखेर दोश्रो पटकमा टाउको माथी लैजाने क्लीन एण्ड जर्क भनिन्छ । यस खेलको एक राम्रो विशेषता भनेको ट्रेनिङमा जति भार उठाएको हुन्छ, प्रतिस्पर्धामा त्यती वा त्यो भन्दा धेरै उठाएकै हुने प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

भारत्तोलन खेल विकासको लागि राज्यले सोच्नु जरुरी रहेको बताउँदै श्रेष्ठ भन्छन्– ‘प्रतिस्पर्धाको आयोजना राज्यबाट भैरहनु पर्छ । राज्यको निती

भौतिक पूर्वाधार मात्र मुख्य कुरा होईन, खेलाडी उत्पादन गर्ने वातावरण सिर्जना हुनु आवश्यक छ ।’

२०३८ सालमा तत्कालिन कर्णाली अञ्चल, जुम्लाबाट शुरु गरेका श्रेष्ठले राष्ट्रिय खेलमा सहभागि भई अहिले प्रशिक्षण गरिरहेका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?