ICAS

वागलुङमा खुट्टाले चलाएर हात धुने मेसिन

वागलुङ/

प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल बागलुङ जिल्ला समितिको नेतृत्व र धौलागिरी क्षेत्रका इन्जिनियरहरुको विशेष सहयोगमा जिल्ला प्रहरी कार्यालय बागलुङमा आधुनिक प्रविधिको धारा निर्माण गरिएको छ ।

Parichay
Infomatics

कोरोना भाइरस रोकथामका लागि बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने सामग्री ९फुड अप्रेड ह्यान्ड वास औजार० निर्माण गरिएको हो । बुधबार यो धारा जिल्ला प्रहरी कार्यालय बागलुङलाई हस्तान्तरण गरिएको छ । यसको निर्माणमा इन्जिनियरहरु खिमानन्द कँडेल, जनकराज पन्त, प्रमोद शर्मा, दीपक थापा, निरज सापकोटा, उज्ज्वल शर्मा, मनोज शर्मा, भीम घले, भुवन पौडेल, विमल आचार्य, थरेन्द्र पौडेल, गौरव शर्मा र विनोद शर्मा लगायत खटिएका थिए ।

हातले खोलेर बन्द गर्ने धारोबाट संक्रमण हुन सक्ने भएकाले खुट्टाले थिचेर पानी र साबुन खस्ने धारो निर्माण गरिएको प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल बागलुङ अध्यक्ष ईन्जिनियर विमल आचार्यले बताए ।

एसोसियसनले बागलुङमा यस्ता २ धारा बनाएको छ । एक धारा प्रहरीलाई हस्तातरण गरिसकिएको छ भने धौलागिरी अञ्चल अस्पतालमा अर्को धारा बनाइएको छ । त्यो हस्तान्तरण हुन बाँकी छ ।

सो अवसरमा ईन्जिनियर थरेन्द्र पौडेलले हात धुने औजारबारे जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले एसोसियसनको सहयोगप्रति आभार प्रकट गरे । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि उपयोगी हुने ईन्जिनियर गौरव शर्माले बताए ।

धौलागिरी क्षेत्रका इन्जिनियरहरुले आफूहरुबीच नै संकलन गरेको ५० हजार लागतमा धारा निर्माण गरिएको हो ।

pokhara internet
Comments
Loading...