NMB Bank

इराकमा हिंसात्मक प्रदर्शन, ६० भन्दा बढीको मृत्यु

एजेन्सी : बगदादमा बेरोजगारी, बढ्दो भ्रष्टाचार र सार्वजनिक सेवामा कमीको विषयलाई लिएर प्रदर्शन भइरहेको  छ। बग्दाद लगायतका ठूला सहरमा चार दिनयता तीव्र रूपमा सरकारको विरुद्धमा प्रदर्शन जारी छ। बुधबारबाट सुरु भएको विरोध प्रदर्शनमा सनिबारसम्म ६० जनाको मृत्यु भइसकेको छ। जसमा मृतकमा २ जना प्रहरी पनि रहेका छन्।

अन्तराष्ट्रिय समाचार संस्थानका अनुसार प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले झुटो प्रतिबद्धता गरेको बताएका छन्। प्रधानमन्त्री अदेल अब्देल महदीले भने आफ्नो प्रशासनले सही काम गरिरहेको बताउँदै आएका छन्।

उनले शान्ति कायम गरिराख्न पनि आग्रह गर्दै  गरिब परिवारको हेरचाह गरिरहेको र आफू जादू को छडी नभएका स्पष्ट पारेका छन्। प्रदर्शनकारी दिनदिनै हिंस्रक प्रदर्शन भएपछी बग्दाद लगायत अन्य सहरमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ भने इन्टरनेट सेवा कटौती गरिएको छ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?