ICAS
Rara

‘व्यवसाय सुरक्षित भएन भने राज्य पनि सुरक्षित हुन सक्दैन’

राजु गिरी । 

अहिले सम्पूर्ण पर्यटन जगतलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीले ठुलै असर पारिरहेको छ । त्यसमध्ये नेपालको मुख्य पर्यटकिय स्थल पोखरा पनि अछुत हुने कुरै भएन । विभिन्न प्याकेजमा बुकिङ गरिएको भ्रमण पर्यटकले रद्द गरिरहेको अहिलेको अवस्था छ । यसले समग्र पर्यटन व्यवसायीलाई धरापमा पारेको छ । पर्यटन क्षेत्रमा ठुलो लगानी भएकाले यसमा राज्यले पनि महत्वका साथ हेर्नुपर्ने होटल रुद्राक्ष तथा एम वे टुर्स एण्ड ट्राभल्सका प्रवन्ध निर्देशक बाबुराम भण्डारी बताउँछन् । उनी भन्छन्– ‘यो क्षेत्र निकै संवेदनशिल क्षेत्र हो । व्यवसाय सुरक्षित भएन भने राज्य पनि सुरक्षित हुन सक्दैन । त्यसैले यस्तो परिस्थितिमा राज्यले स्पष्ट नीति तत्काल ल्याउनु आवश्यक छ ।’ यस्तै अवस्था भैरह्यो भने कोरोनाले अझ धेरै नकरात्मक असर पार्दै जाने र मानिसहरुमा त्रास छाउने उनको भनाई छ ।

govnotice

विगत १७ वर्षदेखि पर्यटन व्यवसायमा रमाउँदै आएका भण्डारी यस क्षेत्रमा ट्रेकिङ गाइडबाट प्रवेश गरेका हुन् । मासिक ३५०० रुपैयाँ लिएर काम शुरु गरेका भण्डारीले अहिले ३० जनालाई रोजगारी दिईरहेका छन् । धेरै संघर्षका साथ यो स्थानमा आएको उनको भनाई छ । उनी भन्छन्– ‘यो व्यवसायप्रति म सन्तुष्ट छु । धेरैलाई रोजगारी दिन पाउँदा खुसी पनि लाग्छ । धेरै संघर्षका साथ यो स्थानमा आएको हुँ । अझै धेरै गर्नुछ । फरक धार, फरक ढंगले काम गर्नुपर्ने मेरो मान्यता छ । त्यसैले हाम्रो ट्राभल्स गण्डकी प्रदेशकै उत्कृष्टमा पर्दछ ।’

parichay

समग्र देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तरिकाले काम गरिरहेको उनको दावी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने वित्तिकै पर्यटन क्षेत्रमा धेरै योजना ल्याउने भण्डारी बताउँछन् । नेपालको परिपेक्षमा नीजि क्षेत्रले जस्तो योगदान राज्यले दिन नसकेको उनको बुझाई छ ।  उनी भन्छन्– ‘राज्यले यस क्षेत्रमा काम नगरेको भने होईन तर व्यवहारिकता र जिम्मेवारिता छैन ।’

पर्यटन क्षेत्रमा चुनौतीसँगै सम्भाव्यता पनि रहेको उनको भनाई छ । भण्डारी भन्छन्– ‘हिजोको तुलनामा पर्यटन क्षेत्र धेरै परिवर्तन भैसकेको छ । स्रोत साधन उहि भएपनि तरिका फरक छ । टेक्नोलोजिले धेरै सुधार ल्याईसकेको छ ।’ पोखरालाई पोखरा आसपासका पर्यटकलाई आकर्षण मात्र होईन नेपाल अधिराज्यबाट पर्यटक पोखरामा आउने वातावरण सिर्जना गर्नुपर्नेमा उनी जोड दिन्छन् । साथै अन्तर्राष्ट्रिय स्तरमा पनि डिजिटल प्रचार आवश्यक रहेको उनी बताउँछन् । ‘हाम्रो देशमा डिजिटल मार्केटिङ एकदम कमजोर छ । सभा, सम्मेलन वा भाषण गरेर पर्यटक आउनेवाला छैनन् । यो कुरा बुझ्न एकदम जरुरी छ ।’ उनी भन्छन् ।

अहिले महामारीको रुपमा आएको कोरोना संक्रमणको समाधान अझ केही समय आएन भने पर्यटनको क्षेत्रमा सुन्यता छाउने उनी बताउँछन् । उनी भन्छन्– ‘अहिले हामी पर्ख र हेरको स्थितिमा छौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिई समाधान भयो भने पछिको लागि अन्तर्राष्ट्रिय स्तरमा राम्रो म्यासेज जान सक्नेछ । तरपनि अहिले सबैकुरालाई टाढा राख्दै संक्रमण हुन नदिन राज्यले ठोस कदम चाल्नु आवश्यक छ । कोरोनाले धेरै पर्यटकको भ्रमण रद्द भएको छ । तरपनि कतिपयले स्थगित मात्र गरेको अवस्था छ । अझै पनि नेपाल वा कुनै पनि ठाउँको भ्रमण रद्द गर्नुभन्दा स्थगितमात्र गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्छ ।’

pokhara internet
Comments
Loading...