NTHMC

चलचित्रको कथाजस्तै आयुष–निलिमा प्रेम कहानी

सुरक्षा श्रेष्ठ

आयुष श्रेष्ठ पोखराका सफल व्यवसायी हुन् । स्टेशन फुड एण्ड ससेज पार्क गैह्रापाटनका सञ्चालक श्रेष्ठको प्रेम कहानी भिन्न छ । १५ वर्षअघि उनले निलिमा हिराचनलाई भेटेका थिए । त्यतिबेला जतिबेला आयुष स्पाइरल मिडिया जोनमा उद्दघोषण, भाषण कला तथा रेडियो तालिम लिँदै थिए । निलिमासँग उनको भेट त्यहीनै भयो ।

roma

तालिममा आँखाआँखाको इशारा हुन्थ्यो । तर ओठ खुल्थेनन् । इशारामै उनीहरु गफिन्थे । अरुको ध्यान तालिममा हुन्थ्यो उनीहरुको आँखामा । आँखाको भाकालाई विस्तारै ओठले गाउन थाल्यो ।

ICAS

तालिम पश्चात् आयुषले स्टेशन खोले । स्टेशनमा निलिमाको आउजाउ बढ्दै गयो । खाना खाने बाहनामा आयुषलाई भेट्न दैनिकजसो निलिमा स्टेसन पुगेकै हुन्थिन् । विस्तारै उनीहरुको भेटघाट बाक्लिदै गयो । प्रेममा परेको पत्तै भएन ।

‘एकदिन भेट भएन भने न्यास्रो लाग्थ्यो । केही गर्न मनै हुन्थेन । एकोहोरो हुन्थें ।’—आयुष प्रेमका किस्सा सुनाउँछन् । झगडामा पनि माया मिसिएको हुन्थ्यो । बोल्दै जाँदा सम्बन्ध प्रगाढ हुदै गयो । आयुष निलिमा दैनिक दुई÷तीन घण्टा फोनमा गफिन्थे ।

केही मानिसहरु सम्बन्ध भन्दा पनि सम्पत्तिका लागि प्रेम गर्ने गरेको सुनिन्छ । तर आयुष– निलिमाको पे्रम त्यस्तो थिएन ।

बेसाहारा आयुशलाई साहारा दिने असल साथी पनि बनिन् निलिमा । जसले उनीहरुको प्रेम सम्बन्धलाई अझ दरिलो बनायो । आयुष आपत्मा हुँदा निलिमाले हात थामिन् ।

निलिमाको आगमनले आयुषको जिन्दगीमा फेरबदल ल्याइदिएको छ । भन्छन्, ‘उनको साथ मेरो जीवनको महत्वपूर्ण भाग हुन पुग्यो जुन म चाहेर पनि बिर्सन सक्दिन ।’

निलिमाप्रतिको प्रेम बढ्दै गयो । अन्ततः ९ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरे ।

निलिमा र आयुषको प्रेम सम्बन्धका विषयमा परिवारलाई जानकारी थिएन । एक कान दुई कान हुँदै निलिमाको परिवारले सम्बन्धको बारेमा जानकारी पायो । जुन निलिमाको परिवारलाई स्वीकार्य थिएन ।

अब निलिमालाई घरबाट बाहिर निस्कन दिइएन । सधैंजसो साथमा हुने निलिमा परिवारका कारण छुट्टिन थालिन् । आयुषलाई के गरुँ र कसो गरुँ हुन्थ्यो । परिवारले निलिमालाई आयुष भन्दा टाढा राखेको थियो ।

दैनिक फोन सम्पर्क हुने आयुष निलिमाको वार्तालाप हुन छाड्यो । बन्द कोठामा रुनु शिवाय उनीहरुको अर्को उपाय थिएन ।

चलचित्रको कथा जस्तै छ, आयुष निलिमाकोे प्रेम कहानी । पहिले देखिनै आँटिला स्वभावका हुन् आयुष । सञ्चारकर्मी हुँदै गरी व्यवसायी बने । निरन्तरको संघर्षले व्यवसायमा फड्को मारेजस्तै प्रेममा पनि उनले फड्को मारेका छन् ।

parichay

परिवारले निलिमालाई लुकाएपनि आयुष भेट्न घरसम्म त पुग्थे तर भित्र प्रवेश गर्न डराउँथे । एकदिन आँट गरी उनी निलिमाको हात माग्न घरमै पुगे ।

निलिमालाई घरको माथिल्लो कोठामा लुकाएर राखिएको थियो । निलिमाको आमासँग आयुष पहिल्यै झ्याम्मिएका थिए । तर सम्बन्धको बारेमा आमालाई थाहा थिएन । आमासँग नजिक भएका कारण उनले सबै कुरा नलुकाई खोल्न थाले ।

परिवारसँग हात माग्छन् त, परिवारले उल्टै सम्झाउन थाल्यो । खासमा त्यो परिवारले आयुषसँग निलिमाको विवाह गराउन चाहेको थिएन । पटक पटकको प्रयास विफल भएपछि आयुष तनावमा परे । त्यो देखेर साथीहरुले निलिमालाई जहाँ देख्यो त्यहीबाट भगाउने सल्लाह दिए र आयुषले साथीहरुको सल्लाहलाई निर्णयमा बदले ।

निलिमासँग फोन थिएन । परिवारले कहाँ राखेको छ भन्ने पनि थाहा थिएन । भगाउने निर्णय पक्का भयो । तर मनमा डर थियो । आयुष फेरी हात माग्न दिदी भेनासँग निलिमाको घरमा पुगे । तर विडम्बना परिवारले उनको सुनेन । झगडाको वातावरण बन्यो । प्रेममा पागल भएका आयुष रिसले चुर भए । उनले भगाउने चेतावनी दिएर फर्के ।

त्यसपछि निलिमालाई भगाउने प्रक्रिया सुरु भयो । निलिमा भगाउन हरेक दिन आयुश र उनका साथीहरु घरमा ढुकेर बस्न थाले । चलचित्रमा गोठालो लगाएजस्तै निलिमासँग पनि कोही न कोही भइराख्थ्यो । निलिमाको नजिकको एक जना दिदी थिइन् । उनलाई निलिमाको विषयमा जानकारी हुन्थ्यो । परिवारले उनको बारेमा पनि थाहा पाएपछि जानकारी दिन छाड्यो ।

निलिमाको खबर पाउनासाथ आयुष हाम फालेर जहाँ भएपनि पुग्ने गर्थे । निलिमालाई परिवारद्वारा जता लगिन्थ्यो उनी त्यतै पुग्थे । एकदिन उनको भेट निलिमाको भाइसँग भयो । परिवारको सदस्यमा भाइ मात्रै निलिमा आयुषको प्रेम सम्बन्धलाई स्विकार्न तयार थिए । तर परिवारको अघि निलिमाको भाइको पनि केही लागेन ।

निलिमालाई पाउन आयुषले हरप्रयास गरे । बिहान, दिउँसो, बेलुका निलिमाकै घरलाई चिहाइरहेका हुन्थे । त्यसका लागि घरको नजिकै एउटा होटलमा रुम बुक गरे । फोन, सोसल मिडिया सबै हुँदाहुँदै पनि उनीहरुले चिठीको सहारा लिनुपर्यो । आयुष निलिमाको बहिनी स्कुल जाने बेलामा चिठी आदान प्रदान गर्थे । जस्ले निलिमा र आयुषको निरन्तर संवाद गराइरहेको हुन्थ्यो, अक्षरका माध्यमबाट ।

भेट नभएको ९ दिन भएको थियो । ९ दिन आयुषलाई ९ वर्ष जस्तै हुन्थ्यो । निलिमा बाहिर निस्कने आशाले आयुष प्रफुल्लित हुन्थे । चौबीसै घण्टा उनलाई कुरेर बस्थे । तर निलिमाको अत्तोपत्तो हुन्थेन ।

एकदिन निलिमा निस्किन् । खाली खुट्टामा उनलाई भगाउने परेको आयुष सम्झन्छन् । उनीहरु भागेर नेपालगञ्ज पुगे । भगाउने क्रममा पनि धेरै संघर्ष गर्नुपर्यो । गोजीमा दाम थिएन । लगाएको लुगा राम्रो थिएन । तरपनि उनीहरु भागे । पोखराबाट स्याङ्जा हुँदै रातारात बुटवल पुगे । त्यसपछि नेपालगञ्ज ।

नेपालगञ्जको एउटा होटलमा रुम लिदा उनलाई तल देखि माथिसम्म हेरियो । परिचयपत्र मागियो । आयुषसँग मिडियाको परिचयपत्र थियो । उनले त्यही देखाए । संयोग होटलको कर्मचारी रेडियोमै काम गर्ने परेछ । आयुष निलिमालाई बस्ने कोठाको व्यवस्था भयो ।

निलिमा र आयुष अहिले खुशी छन् । निलिमाको परिवारले उनलाई लामो समय पश्चात स्विकार गरेको छ । परिवारका अन्य सदस्यसँग राम्रो सम्बन्ध भएपनि बुबासँग बोलचाल नभएको आयुष बताउँछन् । उनीहरुको वैवाहिक सम्बन्धले चौथो वसन्त पार गरेको छ ।

आयुष भन्छन्, ‘माया गर्ने मायालु जोडीहरुको लागि ३६५ दिननै ‘भ्यालेन्टाइन डे’ हो । ‘भ्यालेन्टाइन डे’ मा नै प्रपोज गर्नुपर्छ भन्ने छैन । ‘भ्यालेन्टाइन डे’ प्रेमीपे्रमीका हरुको लागि मात्र नभई हरेक माया गर्नेहरुको लागि हो । जुन आमा छोरा, साथिभाई जो पनि हुन सक्छ ।’ नेपाली समाजलाई पाच्य हुने तरिकाले ‘भ्यालेन्टाइन डे’ मनाउन उनको आग्रह छ ।

pokhara internet
Comments
Loading...