अनलाइनमार्फत आत्महत्या न्यूनीकरणको अन्तरक्रिया

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अनलाइनमार्फत आत्महत्या रोकथाम तथा न्यूनीकरणको चेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन गरेको छ ।

parichay

सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गतको कार्ययोजना २०७७ बमोजिम उक्त कार्यक्रम गरिएको कास्की प्रहरीले जनाएको छ । उक्त कार्यक्रम प्रहरी निरीक्षक कृष्ण बस्यालले संचालन सञ्चालन गरेकी थिइन् । उनले आत्महत्याबारे, आत्महत्या गर्नुपूर्व मानिसमा देखिने स्वभाव, आत्महत्या रोकथामका उपायलगायतका बारेमा जानकारी गराएकी थिइन् । उनले जिल्ला प्रहरी कार्यालय कास्कीबाट आत्महत्या न्यूनिकरणका लागि गरिएका प्रयासहरूका बारेमा जानकारी गराइन् ।

roma

कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष, द राईजिङ स्टार युथ क्लवका अध्यक्ष तथा पदाधिकारीहरू, दरौखोला सामिप्य समाजका पदाधिकारीहरु समेत गरी १५ जनाको अनलाईन सहभागिता रहेको थियो भने सहभागीबाट उठेका जिज्ञासा तथा सुझावहरुको समेत प्रहरी निरीक्षकक बस्यालले सम्बोधन गरेकी थिइन् ।

pokhara internet
Comments
Loading...