NTHMC

असार १५ अनि धान दिवस ( फोटो फिचर )

प्रेम थापा
पोखरा /

आज असार १५ गते । धान दिवस । यसपाली अघिल्लो बर्ष जस्तै पोखरामा धान दिवस मनाईएन । कोरोना भाइरसको कहर यदि हुदैन्थ्यो भने पोखराका विभिन्न ठाँउमा रोपाइँ महोत्सवको आयोजना गरिन्थ्यो । तर कोरोना कहरका कारण यसपाली भने किसान आफैले रमाईलो गरेका छन ।

roma

असारमा धान रोप्ने मङ्सिरमा भित्राउने किसानका लागि चाड जस्तै हो । रोपाइँलाई सस्कृतीको रुपमा समेत मनाईन्छ । यतिबेला मनसुनले समेत किसानलाई साथ दिएको छ । वर्षात मौसममा रोपाइँमा रमाउनुको मज्जा अरु कहाँ । असारे गीत गाउँदै हिलोमा छुपुमाछुपु धान रोपीरहेका छन किसान यतिबेला ।

ICAS

अर्मलाका किसानमा असारका बेला बेग्लै खुशी देखिन्छ । उनिहरु असार १५ लाई पर्वका रुपमा मनाउछन । यतिबेला देशका सबै जसो भुभागमा रोपाई गरिदैछ । नेपाल कृषि प्रधान देश हो । महामारीले समेत अब नेपाल उत्पादनको क्षेत्रमा उभो लाग्नुपर्छ भन्ने सिकाएको अनुभुत गर्न सकिन्छ । धान खेती गरी आयत भन्दा निर्यात गर्नुपर्ने आजको आवश्यक्ता हो । किसानलाई उत्पादनमा राज्यले राहत उपलब्ध गराउनु पर्ने उनिहरुको अहिलेको माग होइन पहिलेकै हो ।

parichay

कृषिमा बर्सेनी बजेट बिनियोजन हुन्छ । तर कागजमा मात्रै सिमित छ । खर्च केही गरिएको पाईदैन । नेपालमा अब कृषि क्रान्ति हुनुपर्ने आवश्यक छ ।

असार १५ मा कास्की अर्मलामा रोपाई गर्दै गरेका किसानका तस्बिर हेर्नुहोस :

 

pokhara internet
Comments
Loading...