कोभिड कहरमा शिक्षाको रहर

–जीवन सागर भण्डारी 
कोभिड–१९ को कारण आज विश्व आक्रान्त छ अझ् केही समय रहने निश्चित छ । संसारका सबै मुलुकमा यो प्रमुख समस्या बनेर खडा भएको छ । विश्व मानव समुदाय कोभिडसँग भिडिरहेको छ । नयाँ सदी विज्ञान र प्रविधिको भनिए पनि कोभिडका सम्बन्धमा आजसम्म विश्लाई ढाडस मिल्ने खालको कुनै औषधि पत्ता नलाग्नुले चिन्ता बढाएको छ । रूसले पत्ता लगाएको भनिएको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले पुष्टी गरिसकेको छैन् ।

मानव हताहतीको सङ्ख्या सुन्दा पनि कहालीलाग्दो अवस्था छ । विश्व राजनीति, अर्थतन्त्र, उत्पादन तथा वितरण, शिक्षा, स्वास्थ्यदेखि सुरक्षा संयन्त्रमा समेत कोभिडले असर पारेको छ । आवश्यक सतर्कता नअपनाउने हो भने विश्व जनस्वास्थ्यमा अझ गम्भीर चुनौती खडा हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ । विश्वका सम्पन्न राष्ट्रहरू पनि हायलकायल बनेको वर्तमान अवस्थामा अविकसित तथा अल्पविकसित राष्ट्रहरूले कस्तो सुरक्षा संयन्त्र अपनाउने भन्ने विषयमा ठोस र प्रभावकारी कार्यक्रम ल्याउन सकेका छैनन् । जसका कारण छिमेकी र शक्तिसम्पन्न राष्ट्रहरूले सञ्चालन गर्ने कार्यक्रमहरूको सिको गर्दै विपन्न राष्ट्रहरू अगाडि बढेको देखिन्छ ।

roma

विप्रेषणले अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा ओगटेको नेपाल र नेपालकै जस्तै अवस्था भएका मुलुकहरूलाई एकातर्फ आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चुनौती छ भने अर्कोतर्फ धराशायी बन्दै गएको आर्थिक अवस्थाको भरथेग कसरी गर्ने भन्ने समस्या उत्पन्न भएको छ । यस्तो विषम् परिस्थितिमा देशका हरेक क्षेत्रहरू जस्तै शिक्षा जगत् पनि नराम्ररी प्रभावित भएको छ । यहाँ नेपालको शिक्षा क्षेत्र, त्यसमा पनि विद्यालय शिक्षामा कोभिडले पारेको प्रभावको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ ।

ICAS

लकडाउनमा शिक्षा क्षेत्र
अध्ययनको सिलसिलामा चाइना गएका नेपाली विद्यार्थी नेपाल फर्किएसँगै नेपालमा कोभिड प्रवेश गर्‍यो । गत चैत्र ११ गतेबाट लकडाउनको घोषणा गरिएको भएपनि लकडाउन घोषणा हुनुभन्दा झण्डै ३ महिना अगाडिबाटै नेपालमा कोभिडको असर भित्रिएको थियो । पर्यटकीय गन्तव्य मुलुक नेपालमा मनाउन लागिएको पर्यटन वर्ष कार्यक्रमको तयारी भइरहँदा अन्तर्राष्ट्रिय मिडियामा बजेका कोभिड सम्बन्धी समाचारहरूले पर्यटन वर्षको झण्डा फहराउन दिएनन् । अन्ततः सरकारको ठुलो लगानी, पर्यटन व्यवसायीका सपना तथा दैला दैलामा पुष्प गुच्छा दिएर पाहुना स्वागत गर्ने आम नेपालीको रहर यस पटकलाई थन्क्याउनु पर्‍यो ।

सरकारले विद्यालय तहका कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत्र ५ अगाडि नै सक्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएसँगै नेपालको शैक्षिक क्षेत्रमा कोभिडले पार्न सक्ने असर आम जनताले सजिलै बुभ्न थाले । एसईई, कक्षा ११ र १२ का १५ लाखभन्दा बढी विद्यार्थी घरभित्रै थुनिएर बस्न वाध्य भए ।

चैत्र ६ गतेबाट सञ्चालन गर्ने भनिएको माध्यमिक शिक्षा परीक्षा ठिक एक दिन अगाडि ५ गते स्थगित गरिएको समाचार आएपछि सरकार कतै ताली र कतै गालीको सिकार भयो । छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोभिडले विश्व विचरण गर्न थालेपछि अर्को छिमेकी राष्ट्र भारत हुँदै नेपाल पस्न सक्ने सम्भावना औँल्याउँदै सरकारले चैत्र १९ बाट लाकडाउनको घोषणा गर्‍यो ।

देशका केही जिल्लाहरूमा विद्यालय तहकै अन्तिम परीक्षासमेत नभएको अवस्थामा विद्यार्थीहरू घरमै रहन पर्ने अवस्थाले शैक्षिक भविष्य चौपट भयो । सामुदायिक विद्यालयहरू क्वारेन्टाइनमा रूपान्तरण भए भने संस्थागत विद्यालयहरूमा पनि ताला झुण्डिए । एक हप्ताको लागि घोषणा गरिएको लकडाउनको अवधि पटकपटक थप गरियो । अन्ततः विद्यालयहरूले आन्तरिक रूपमा सञ्चालन गरेको परीक्षाकै नतिजालाई मान्यता दिँदै सरकारले माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गर्‍यो । वैशाखबाट सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र अलपत्र पर्‍यो । पाँच महिनाको समयलाई कोभिडले निल्यो ।

विद्यार्थी केन्द्रित कार्यक्रमहरूको प्रभावकारिता
हो, परिस्थिति सहज छैन । बाटो प्रस्ट छैन । हात धुन तथा माक्स र सेनिटाइजर प्रयोग गर्न मात्रै सिकाउन सके पनि अमूल्य उपलब्धि मान्नुपर्ने अवस्था छ । यति भन्दैमा देशको भविष्य जोडिएको शिक्षा क्षेत्रप्रति बेवास्ता गर्न मिल्दैन । देशभरका सामुदायिक र संस्थागत गरी झण्डै ३५ हजार ५५ विद्यालयका लगभग ८१ लाख २७ हजार २ दुई सय ६३ विद्यार्थीहरू नियमित शिक्षण सिकाइ क्रियाकलापबाट टाढा छन् ।

केही विद्यालयहरूले अनलाइन कक्षा तथा ई–कक्षाका नाममा विभिन्न तरिकाले विद्यार्थीसँग नजिकिने उपायको खोजी गरेका छन् । जुम, गुगल मिट तथा भर्चुअल कक्षाका माध्यमबाट विद्यार्थीलाई पढाउनको लागि निजी विद्यालयहरूले कार्य आरम्भ गरिसकेका छन् । सामुदायिकतर्फ वैकल्पिक शिक्षा तथा दूर शिक्षाका माध्यमबाट सरकारले विद्यार्थीहरूको दैलो ढक्ढकाउने यत्न गरेको छ ।

अहिलेको विषम परिस्थितिमा शिक्षण सिकाइ क्रियाकलापका नाममा जे जस्ता कार्यक्रम अगाडि सारिएका छन् तिनको प्रभावकारिता मूल्याङ्कन हुन सकेको छैन । पढाउने नाममा प्ले ग्रुपका स–साना बाबुनानीहरूलाई अभिभावकले काखमा च्यापेर कम्प्युटर वा ल्यापटप अगाडि बसेका दृश्यहरू सहर बजारमा भेटिन्छन् ।

अहिलेको विषम परिस्थितिमा शिक्षण सिकाइ क्रियाकलापका नाममा जे जस्ता कार्यक्रम अगाडि सारिएका छन् तिनको प्रभावकारिता मूल्याङ्कन हुन सकेको छैन । पढाउने नाममा प्ले ग्रुपका स–साना बाबुनानीहरूलाई अभिभावकले काखमा च्यापेर कम्प्युटर वा ल्यापटप अगाडि बसेका दृश्यहरू सहर बजारमा भेटिन्छन् । बच्चा उम्किएर भाग्न खोज्छ, अभिभावक च्यापेरै भए पनि पढाउनै चाहन्छ । एकै दिनमा लामो समय अनलाइन कक्षामा विद्यार्थीलाई सहभागी गराउँदा उनीहरूको आँखा र स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

कक्षाको समयावधि कति राख्ने भन्ने विषयमा विद्यालयहरूले खासै अध्ययन गरेको देखिँदैन । विद्यालय पिच्छेका आ–आफ्नै कार्यक्रमहरू छन् । केही विद्यालयले गृहकार्य भन्दै प्रश्नहरू समेटिएको बुकलेट लिएर विद्यार्थीका घरघरमा पुगेका छन् भने कतिमा इ–क्लासको साहारा लिइएको पाइन्छ ।

भनिन्छ –केही नहुनुभन्दा केही मात्रै भए पनि हुनु राम्रो हो । घरमै बेकामे बनेर वा टिकटक, पब्जी र युटुबमा हराएर आफू अध्ययनरत कक्षासमेत भुल्ने अवस्थाका विद्यार्थीहरूलाई कापी किताबसँग नजिक्याउन विद्यालयहरूले अगाडि सारेका शिक्षण कार्यक्रमहरू गलत छन् भन्न नमिल्ला । तर, माटो सुहाउँदो कार्यक्रम ल्याउन भने विद्यालयहरू असफल नै देखिन्छन् । भर्खर नयाँ कक्षामा प्रवेश गरेका विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक समेत नचिन्दै दिइएको गृहकार्य कति प्रभावकारी बन्ला भन्ने विषय सोचनीय छ । अरू सामान्य वर्षहरूलाई हेर्ने हो भने काठमाडौँ, पोखरा, बिराटनगर, भरतपुर लगायतका केही सहरहरू छोडेर दुर्गम क्षेत्रका विद्यालयहरूमा अभैm पाठ्यपुस्तक पुग्ने बेला भएको छैन । यस वर्ष पु¥याइसकिएको भए फरक कुरा हो ।

विद्यार्थीमा इन्टरनेटको पहुँच कति छ भन्ने विषयमा खासै चित्तबुझ्दो तथ्याङ्क कतै भेटिँदैन । उपलब्ध तथ्याङ्कलाई हेर्दा देशको कूल विद्यार्थी सङ्ख्याको ४० प्रतिशत विद्यार्थीमा मात्रै रेडियो र टेलिभिजनको पहुँच छ भन्ने देखिन्छ । इन्टरनेटको पहुँच त निकै कममा मात्रै छ ।

सहरहरूमा पनि विद्युत तथा इन्टरनेटको अनियमितता समस्या बनेर खडा भएको छ । २०७२ को भूकम्पले तहसनहस भएका विद्यालयहरूको पुनर्निर्माणको कार्य अभैm सम्पन्न भएको छैन । पालमुनि बसेर पढ्न विद्यार्थीहरू बाध्य छन् । यस्तो अवस्था भएका ठाउँमा अनलाइन वा भर्चुअल शिक्षा कत्तिको प्रभावकारी होला भन्ने प्रश्न अनुत्तरित छ । पढाउनुको अर्थ पढाइदिनु मात्रै होइन । महत्त्वपूर्ण कुरा त देशभरका शिक्षकमध्ये कति प्रतिशत शिक्षक डिजिटल शिक्षासँग परिचित छन् भन्ने पनि हो ।

अर्कोतर्फ विद्यार्थीमा इन्टरनेटको पहुँच कति छ भन्ने विषयमा खासै चित्तबुझ्दो तथ्याङ्क कतै भेटिँदैन । उपलब्ध तथ्याङ्कलाई हेर्दा देशको कूल विद्यार्थी सङ्ख्याको ४० प्रतिशत विद्यार्थीमा मात्रै रेडियो र टेलिभिजनको पहुँच छ भन्ने देखिन्छ । इन्टरनेटको पहुँच त निकै कममा मात्रै छ । यसो त यस विषयमा सरकारसँग कुनै आधिकारिक तथ्याङ्क छैन, हुनेहरूको तथ्याङ्क पनि फरकफरक भेटिन्छ । घरमा भएको एउटा मोबाइल बाबुकै खल्तीमा डुल्ने भएकोले डाटा प्रयोग गरेरै भए पनि अनलाइन कक्षामा सहभागी हुन्छु भन्दा नमिल्ने बालबालिकाको सङ्ख्या पनि कम छैन ।

मोबाइलको सिमकार्ड बिक्रीदर हेरेर भर्चुअल तथा अनलाइन कक्षा सञ्चालन सहज छ भन्नु उचित हुँदैन । सामान्य मोबाइलको भरमा विद्यार्थी कक्षामा सहभागी बन्न मिल्दैन । सरकारले अगाडि सारेको दूर शिक्षा, बैकल्पिक शिक्षा तथा गुगल मिट, जुम क्लास, भर्चुअल कक्षालाई समेत यो चुनौती बन्न पुगेको छ । जाडो सुरू हुनासाथ बेँसी झर्नुपर्ने बाध्यता भएका ठाउँमा के गर्ने भन्ने विषयले अहिले विषय प्रवेश नै पाएको छैन ।

संस्थागत विद्यालयहरूमा सञ्चालित कक्षाहरूप्रतिको विद्यार्थी तथा अभिभावकहरूको टिप्पणी के छ भन्ने विषयमा पनि विद्यालयहरू जानकार हुनुपर्ने देखिन्छ । विद्यालयले सञ्चालन गरेका शिक्षण कार्यक्रमलाई विद्यार्थी तथा अभिभावकले स्वाभाविक मानेका छन् कि कमाउ धन्दा ? यसले पनि कार्यक्रम प्रभावकारितामा ठूलो अर्थ राख्न सक्छ ।

सामान्य मोबाइलको भरमा विद्यार्थी कक्षामा सहभागी बन्न मिल्दैन । सरकारले अगाडि सारेको दूर शिक्षा, बैकल्पिक शिक्षा तथा गुगल मिट, जुम क्लास, भर्चुअल कक्षालाई समेत यो चुनौती बन्न पुगेको छ ।

माथिल्लो कक्षामा पढ्ने कुनै पनि विद्यार्थीमा यस्तो विषम परिस्थितिमा पनि मेरो विद्यालयले मेरा अभिभावकलाई चुस्ने काम गर्दैछ भन्ने धारणाको विकास भएको छ भने त्यो कक्षा पनि प्रभावशून्य हुन पुग्दछ । शिक्षण सिकाइमा प्रत्यक्ष संलग्न हुने शिक्षक र विद्यार्थीमध्ये कुनै एक पक्षमात्रै असन्तुष्ट छ भने कुनै कार्यक्रम पनि प्रभावकारी हुँदैनन् । निजी स्रोतमा तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरू भोकै परेका समाचारहरू सञ्चार माध्ययममा आइरहेका छन् ।

टुङ्ग्याउनी
यसो भनेर सबै गलत मात्रै छ भन्न खोजिएको होइन, तथापि अनलाइन कक्षा सम्भव नहुने ठाउँमा रेडियो तथा टेलिभिजन शिक्षण र त्यो पनि सम्भव नहुने ठाउँमा भौतिक दूरीसहितको समूह शिक्षणतर्फ ध्यान जानुपर्ने देखिन्छ । जे कुराको इफेक्ट हुन्छ त्यसको साइड इफेक्ट पनि हुन्छ । यसर्थ हाम्रा इफेक्टिभ भनिएका कक्षाहरूका पनि प्रशस्तै साइड इफेक्टहरू छन् । तिनको न्यूनीकरणका उपायको खोजी पनि हामीले नै गर्नुपर्छ ।

एउटालाई ल्यापटपसहित अनलाई कक्षामा बस्ने सुविधा होला, अर्कोको घरमा इन्टरनेट त के नोकिया ९११ मोबाइल पनि नहुन सक्छ । यहीँबाट नयाँ विभेद जन्मिन सक्छ ।

लामो समयदेखि सरकारले असमान शिक्षा दिएर समान प्रतिस्पर्धा त गराइरहेको जगजाहेर छ । एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा पनि प्रविधि सम्पन्न र विपन्न दुवै खाले विद्यार्थीहरू छन् । विद्यालयमा त एकै खाले पोसाक लगाएर उस्तै देखिए होलान् । तर प्रविधि प्रयोगमा पनि उस्तै बनाउन नसकिन सक्छ । एउटालाई ल्यापटपसहित अनलाई कक्षामा बस्ने सुविधा होला, अर्कोको घरमा इन्टरनेट त के नोकिया ९११ मोबाइल पनि नहुन सक्छ । यहीँबाट नयाँ विभेद जन्मिन सक्छ । यसतर्फ सोच्ने बेला पनि यही हो । सुन्दर प्राप्तिका लागि गरिने प्रयत्न पनि सुन्दर नै हुनुपर्छ । नीति निर्माणको तहमा हुनेहरूदेखि लिएर विद्यालय, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले शिक्षा क्षेत्रमा सुन्दर यत्न गरेर विषम परिस्थितिसँग लड्न सक्ने क्षमताको विकास गर्नु नै आजको प्रमुख आवश्यकता हो ।

pokhara internet
Comments
Loading...