ICAS
Rara

बाबुकै पेशामा रमाउँदै छोरी

विनिता सुनार
पोखरा । बुद्धिज एटेलर पोखराको पुरानो आर्ट स्टुडियो हो । पोखराका बरिष्ठ कलाकार बुद्धि गुरुङले २०५६ सालमा ‘बुद्धिज एटेलर’ नाम दिइ उक्त स्टुडियो स्थापना गरेका थिए । आफु जस्तै कला क्षेत्रमा रमाउने पुस्ताका लागि समर्पित भएर सँस्था सुरुवात गरिएको हो ।
हालसम्म स्टुडियोले थुप्रै कलाकारहरु उत्पादन गरिसकेको छ ।

मिनि वाटर कलरको रुपमा परिचित यो स्टुडियोले कला क्षेत्रमा रमाउने विद्यार्थीहरुलाई रचनात्मक ढंगले काम गर्ने वातावरण पनि प्रदान गर्दै आएको छ । यस्तै स्टुडियोले फेसेज अफ नेपाल, पूर्ण मिलन, भाइन्स अफ हार्ट लगायतका बिषयवस्तुमा कला प्रदर्शनीहरु गरिसकेको छ ।
कलाको क्षेत्रमा अब्बल बुद्धि गुरुङको परिवार नै क्यानभासमा रमाएको छ ।

govnotice

त्यसैकारण अहिले बुद्धिज एटेलर स्टुडियोलाई कान्छी छोरी हेमकान्तीले सम्हाल्दै आएकी छिन् । ३० बर्षकी हेमकान्तीको कला क्षेत्रमा झण्डै १५ बर्षको अनुभव छ । हेमकान्तीले कला क्षेत्रमा थुप्रै पुरस्कार पनि पाईसकेकी छिन् ।

नेपालको सुन्दरता सँस्कृति र परम्परालाई कलामार्फत प्रदर्शनी गर्ने उद्देश्यले बैङ्ककमा एकल प्रदर्शनी गर्न लागिएको बुद्धिज एटेलरका निर्देशक हेमकान्ती गुरुङले बताइन् । बिजनेश हबका लागि प्रख्यात रहेका बैङ्ककमा एसिया र युरोपका धेरै पर्यटकको भ्रमण हुने हुँदा बुद्धिज एटेलरको आयोजनामा आर्ट प्रदर्शनी हुन लागेको गुरुङको भनाई छ । यस्तै मिनी वाटर कलर ललितकलाको रुपमा प्रख्यात रहेको यस आर्ट स्टुडियोले कलाको क्षेत्रमा अगाडि बढ्न विद्यार्थीलाई हौसला मिल्नेछ ।

parichay

‘एटेलरले ‘इम्ब्रेस नेपाल शिर्षक’ मा मार्च ६ देखि ८ गतेसम्म प्रदर्शनी गर्नेछ । पानी रङ्ग सहित तैल रंग र एक्रेलिक रङबाट बनाइएका चित्रकलामात्र यसमा समावेश गर्न पाइनेछ, सबै चित्र इम्ब्रेस नेपाल शीर्षकलाई प्रतिनिधित्व गर्न सक्ने खालका हुनुपर्छ’ उनले भनिन ।
प्रदर्शनीमा सहभागी हुन चाहने कलाकारले फेब्रुवरी २ भित्र चित्रका फोटो आयोजकलाई पठाउनुपर्ने उनले बताइन् ।

उनका अनुसार प्रदर्शनी प्रमाणपत्र र क्याटलगका लागि १ सय ५० अमेरिकन डलर, ७ दिनको यात्रा टिमसँग गर्न चाहनेले ५ सय ५० डलर, प्रदर्शनी सहित होलिडे टुरमा सहभागी हुनेले ७ सय डलर तिर्नुपर्ने हुन्छ । यस्तै थाइल्याड गएर ३ दिने कला प्रदर्शनी समावेश गर्न चाहने कलाकारले भने २ सय डलर तिर्नुपर्छ ।

बुद्धिज एटेलर र बैङ्कको उज्ज्वल आर्टको सहकार्यमा ३ तीनसम्म चल्ने उक्त प्रर्दशनीमा भेतनाम, रसिया, माल्टा, थाइल्याण्डका कलाकारका कला पनि समावेश हुनेछ ।

तस्बिर : हेमकान्ती गुरुङको फेसबुकबाट

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?