कास्कीमा झुठ्ठा व्यहोरा देखाई ठगी गर्ने ८ जना पक्राउ

सन्तोष बस्याल
पोखरा /

कास्कीमा झुठ्ठा व्यहोरा देखाई ठगी गर्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ«े गाउँपालिका ९ का ३९ वर्षीय हिरा बहादुर तामाङ, म्याग्दी रघुगंगा गाउँपालिका ४ का ३० वर्षीय रमेश कुमार परियार, रुपन्देही साबिक सैनामैना नगरपालिका ९ का ३५ वर्षीय ओम बहादुर सुनार, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ३ का ३७ वर्षीय रिता विश्वकर्मा, पोखरा महानगरपालिका १७ का २२ वर्षीय सोनु परियार, पोखरा महानगरपालिका १३ का २७ वर्षीय सिता सुनार, पोखरा महानगरपालिका १३ का ५० वर्षीय हर्क बहादुर विक, पोखरा महानगरपालिका १३ का २४ वर्षीय मौसम सदासंकर रहेका छन् ।

जिल्ला प्र्रहरी कार्यालय कास्कीले सोमबार पत्रकार सम्मलेन गर्दै उनीहरुको विषयमा सार्वजनिक गरेको हो । पक्राउ व्यक्तिहरु नेपाल सरकार अव्यवस्थित सुकुम्बासी सामाधान आयोज काठमाण्डौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भनि स्थानिय मानिसहरुलाई भर विश्वास दिलाई पोखरा महानगरपालिका वडा १४ को भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफल जग्गामा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गाको अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनि रकम उठाइरहेको पाइएको र प्रहरीलाई सुचना प्राप्त हुनासाथ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवन कुमार श्रेष्ठले जानकारी गराए ।

ICAS

उनका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न मिति बैठक बसी गरिएका निर्णय रजिष्टार १ थान, नगद उठाएको रजिष्टर १ थान, नगद रसिद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, नगद १ लाख ६१ हजार, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु, अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग काठमाण्डौ लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र एक थान बरामद गरिएको छ ।

पक्राउ परेका प्रतिवादीहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तरगत दफा २४९ बमोजिम मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी श्रेष्ठले जानकारी गराएका छन् ।

pokhara internet
Comments
Loading...