ICAS
Rara

सेवालाई गुणस्तरिय बनाउन व्यवस्थापन पक्षको भुमिका मुख्य : शर्मा

राजु गिरी, पोखरा ।
मानव शरिरलाई स्वस्थ राख्न अहिलेको बढ्दो कोलाहल तथा दुषित वातावरणले प्रतिकुल असर पारिरहेको छ । मिसावट खानपिनका कारणले त झन दिनहुँ बिरामीको संख्या वृद्धि भईरहेको छ । शुद्ध अर्गानिक खानेकुराको अभाव, बढ्दो जनसंख्याबाट वृद्धि हुँदै गएको प्रतिकुल वातावरणिय प्रभावले दिनहुँ कुनै न कुनै रोग निम्त्याई रहेको छ । जसका कारण मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि उत्तिकै बढिरेहेको छ । यस्तै रोग तथा दुर्घटनाबाट अकालमा मृत्यु हुनबाट जोगाउन अस्पतालले मुख्य भुमिका खेल्दै आएको छ भन्दा दुईमत नहोला ।

मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने अस्पताल संचालन गर्नु एउटा चुनौती नै हो । त्यसमा पनि सर्वसुलभ तरिकाले गुणस्तरिय सेवा प्रदान गर्न सक्नु अस्पतालको मुख्य चुनौती बनिरहेको छ । अस्पताल संवेदनशिल क्षेत्र भएकाले यसमा कुनै पनि हेलचक्राई नगरि सेवाग्राहीलाई गुणस्तरिय सेवा दिनुपर्ने रिजनल अस्पतालका व्यवस्थापक अर्जुनप्रसाद शर्मा बताउँछन् । अस्पताल जस्तो अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको खाँचो पर्ने संस्थामा व्यवस्थापनको अत्यन्तै ठूलो भूमिका रहने उनको भनाई छ । व्यवस्थापनको सानो त्रुटिले मानिसको ज्यान समेत जान सक्ने हुँदा गम्भिर भएर व्यवस्थापकले जिम्मेवारी सम्हाल्नुपर्ने उनको जोड थियो ।

रिजनल अस्पतालको दुई भवनमा डाक्टर, नर्स र कर्मचारी गरि ६५ जना सेवारत छन् । अहिले ५० शैया भएपनि त्यसमा ५० थप गरि १ सय शैया बनाउने कार्यमा लागिरहेको व्यवस्थापक शर्मा बताउँछन् । अहिले अस्पताललाई अत्यावश्य सेवा सबै भएको र केही सेवाहरु थप गर्ने योजनामा रहेको समेत शर्मा बताउँछन् । फिजिसियन, अर्थोपेडिक, हाडजोर्नी, सर्जरी, ईएनटि, ड्रमाटोलोजी, गाईनोक्लोजिस्ट, पेडिया, डेन्टललगाएत २४सै घण्टा आपतकालिन सेवा संचालन रिजनलबाट भैरहेको शर्मा बताउँछन् । अहिले ओपिडी सेवा बिहान र बेलुका रहेको र छिट्टै दिउसो पनि ओपिडीको सेवा सुचारु गर्ने योजनामा रहेको उनको भनाई थियो । उनी भन्छन्– ‘अहिले आँखाको डिपार्ट छैन, अस्पतालसँग सम्पूर्ण सेवा त छैन, तर विभिन्न डिपार्ट थप्ने क्रममै छौं । केही समयमा नै सबै सेवा यसै अस्पतालबाट दिनेछौं ।’

‘सामान्यतया अस्पतालमा हुनुपर्ने डिपार्ट सबै छन् । अस्पताल संचालन पश्चात नै सेवाग्राही ह्वात्तै आउछन् भन्ने हुदैन । विस्तारै हाम्रो सेवालाई मनपराएर सेवा लिनेको संख्या बढ्दै जाने कुरामा विश्वस्त छु । हाम्रो उद्देश्य नै गुणस्तरिय सेवा दिने हो । शुरुवाती अवस्थामा सेवाग्राहीको विश्वास जित्दै छौं । साढे ३ वर्षको अवधिमा सेवा लिनेको संख्या बढिरहेको छ । यसले के बुझाउछ भने हाम्रो सेवालाई सेवाग्राहीले रुचाएका छन् । संख्या भन्दा पनि हामीले गुणस्तरलाई ध्यान दिएका छौं ।’ –उनी भन्छन् ।

aama movie

स्वास्थ्य सम्वन्धि काममा चुनौती धेरै रहेको शर्मा बताउँछन् । उनी भन्छन्– ‘पोखराको बजार क्षेत्र त्यती ठुलो छैन । तर अस्पताल धेरै भैसकेकाले चुनौति पनि बढिरहेको छ । हामीलाई मुख्य चुनौति भनेको हामी नयाँ छौं, नयाँलाई सेवाग्राहीसमक्ष विश्वासमा ल्याउन समय लाग्छ । साथै अस्पतालमा सेवा दिने डाक्टर, नर्स र कर्मचारीको व्यस्थापन चुस्त राख्नु पनि एउटा चुनौति नै हो ।’

२०७५ साल असोज महिनामा रिजनल हस्पिटल, पोखरा र बी एण्ड बी अस्पताल, ललितपुरबीच उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले साझेदारीसमेत भइसकेको छ । साझेदारीले सेवाग्राही र विश्वसनियतामा वृद्धि भएको उनी बताउँछन् । उनी भन्छन्– ‘बि एण्ड बिसँगको साझेदारीले गर्दा धेरै राम्रो भएको छ । हाम्रा सेवाग्राही त छदै छन् त्यसमापनि बि एण्ड बि अस्पतालका पोखरामा रहने सेवाग्राहीले यहाँबाट सेवा पाउने भएपछि हामीलाई समेत थप उर्जा मिलेको छ । समय समयमा हामीले बि एण्ड बिका विशेषज्ञ डाक्टरहरुलाई यहाँ बोलाई सेवा दिईरहेकाले काठमाडौं नै पुग्नु पर्ने झण्झट हटेकाले सेवाग्राही खुसी छन् ।’

जिम्मेवारी सम्हालिरहँदा समाजका लागि पनि सेवा गर्ने मौका मिलिरहेको शर्माको भनाई छ । सामाजिक उत्तरदायित्व अनुसार अस्पतालले धेरै कार्य गरिरहेको उनको दावी छ । कास्की जिल्लाका विभिन्न ठाउँ तथा जिल्ला बाहिर बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा जिल्लामा निशुल्क स्वास्थ्य शिविर गरिरहेको उनी बताउँछन् । आवश्यकता अनुसार अस्पताल आफैले र कुनै ठाउँमा विभिन्न संघ÷संस्थाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर भैरहेको उनी भन्छन् ।

रिजनल अस्पताल पोखराको जिरोकिमीमा करिब साढे ३ वर्षअघि संचालनमा आएको अस्पताल हो । शुरुबाटै अस्पतालको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका शर्मा यस अघि ५ वर्षसम्म आईएनजिओमा व्यवस्थापनकै क्षेत्रमा अनुभव बटुलिसकेका छन् ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?