ICAS
Rara

पत्रकारिताले मान्छेका कथा भन्नुपर्छ : अनुप काफ्ले

पोखरा । लेकसिटी कलेल एण्ड रिसर्च सेन्टरमा आफ्ना जीवनका आरोहअवरोह सुनाउँदै अङ्गे्रजी दैनिक दि काठमाडौं पोस्टका प्रधान सम्पादक अनुप काफ्लेले भने ‘पत्रकारिताले मान्छेका कथा भन्नुपर्छ ।’

पोखराको शिशु निकेतन स्कुलबाट २०५७ सालमा एसएलसी दिएर काठमाडौंमा प्लस टु पढेका अनुपले इन्जिनियरिङ विषय आफ्ना लागि नभएको ठहर गर्दै दि हिमालयन टाइम्समा इन्टर्नसीप गरे । छात्रवृत्ति पाउँदा पनि उनमा पत्रकारिताको क्रेज घटेन साथमा अमेरिकाको सपना थियो ।

govnotice

औसत अभिभावकले आफ्ना सन्तानमा डाक्टर इन्जिनियरको सपना छायाङ्कन गर्छन् । अनुपका बुबाको चाहना पनि यस्तै थियो । उनले इन्जिनियरिङ् पढ्छु भनेर बुबालाई ढाँटे र पत्रकारिता पढ्न अमेरिका गए । छोरा दि काठमाडौं पोष्टको प्रधान सम्पादक भइसक्दा समेत आफ्न्तीहरूले सोध्ने प्रश्नमा बुबाको उत्तर हुन्थ्यो ‘यसो कम्प्युटरमा काम गर्छ ।’ तर अनुपको आयाम र आयातनलाई भूगोलको सिमारेखाले छेकेर राख्न सकेन ।

अनुप भन्छन्, ‘हाम्रो कमजोरी परम्परालाई प्रेम गरेर बस्नु हो, असहज हुनु नै सफलतातिर उन्मुख हुनु हो ।’ अमेरिकामा आफै पढ्ने कलेजमा गाँजाको ओसारपोसार भएको समाचार लेख्ने हिम्मत गरेका उनले पत्रकारितामा आफ्नो पाइला रोक्नु परेन । कलेज म्यागजिनको सम्पादक भए ।

parichay

पोखरादेखि काठमाडौं, न्युयोर्क हुँदै काठमाडौं र फेरि अमेरिका उनको गन्तव्य बनेको छ । न्युयोर्कमा न्युजविक इन्टरनेसनल, फोब्र्स डट कम, न्युज २१, वासिङटन डिसीमा एटलान्टिक मिडिया कम्पनी हुँदै दि वासिङ्टन पोष्टमा ६ वर्ष काम गरिसकेका अनुपले द्वन्द्वग्रस्त क्षेत्र अफगानिस्तानमा २ पटक रिपोर्टिङका लागि खटिए । उनी रिर्पोटिङ कै लागि हरेक वर्ष नेपाल आए खाडीमा काम गर्ने नेपालीको स्टोरी उनले दि वासिङ्टन पोस्टमा गरेका छन् ।

उनले लैङ्गिक र अल्पसङ्ख्यकका मुद्धा, माओवादी क्यानटोन्मेन्टका समाचार र डा. बाबुराम भट्टराईको प्रोफाइलसम्म लेखेका छन् । अमेरिकाका सडक डुलेर पत्रकारिता गरेका अनुप न्यु मिडियाका ज्ञाता पनि हुन् । अनुप खुल्दै गए, ‘रिर्पोटिङ्का लागि पत्रकारलाई गर्ने लगानीमा मिडिया हाउस चुक्नु हुन्न अनि मात्रै क्वालिटी कन्टेन्ट आउँछ ।’ सिता खाएर गीता गाउने पत्रकारिताले भलो गर्दैन् उनले व्यङ्ग्य पनि गरे । दि काठमाडौं पोस्टबाट अखिलेश उपाध्यायले राजिनामा दिएपछि २०७५ साउन २३ गतेदेखि उनी अङ्गे्रजी दैनिकको प्रधान सम्पादक र कान्तिपुर मिडिया गु्रपको डिजिटल ट्रान्सफर्मेसन प्रमुखका रूपमा कार्यरत छन् ।

कोलम्बिया युनिभर्सिटी ग्य्राजुएट स्कुल अफ जर्नालिज्मबाट पत्रकारितामा स्नातकोत्तर साथै इम्पेरियल कलेज अफ लन्डनबाट शिक्षा लिएका अनुपले करिअरका सन्दर्भमा घर बिर्से । २०६० सालतिर दि काठमाडौं पोस्टमा इन्टर्नसीपका लागि कोसिस गरेका उनले रिजेक्ट हुँदा नमीठो माने पनि अन्तत दि काठमाडौं पोस्टको प्रधान सम्पादकमा अफर आएपछि नेपाल फर्केको बताए ।

लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरको आयोजनामा भएको कार्यक्रममा स्तानक तहका विद्यार्थी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । अनुपले पत्रकारिताको अध्ययन गरेका र करिर बनाउन चाहनेलाई आफ्नो अन्तर्राष्ट्रिय स्तरको अनुभव र अनुभूति पस्केका थिए ।
कलेजका अध्यक्ष डा.गेहेन्द्रेश्वर कोइरालाले अध्ययन गर्दा नपाइएका ज्ञान अन्तरक्रियाबाट पाइने हुँदा जिज्ञासा मेट्न र चेतना निर्माण गर्न यस्ता सम्वादले सहयोग पु¥याउने धारणा राखे । क्याम्पस प्रमुख कपिल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपप्राध्यापक तथा पत्रकार केशवशरण लामिछानेले अनुप काफ्लेको परिचय प्रस्तुत गर्दै सम्वादको सहजीकरण गरेका थिए ।

pokhara internet
Comments
Loading...