फुटबल प्रशिक्षण खुला गर्न एन्फाको माग

कोरोनाका कारण ठप्प रहेका विभिन्न क्षेत्रहरु अहिले संचालनमा आइसकेका छन् । लामो दुरीका यातायातदेखि हवाईसम्म संचालन सुरु भइसकेको छ । तर, खेल तथा मनोरञ्जन क्षेत्र भने अझै संचालन हुन सकेको छैन ।

यस्तैमा, अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुल्ला गर्न माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।

roma

विश्वभर नै चलायमान रहिरहेको खेल क्षेत्र नेपालमा पनि चलायमान बनाउनु पर्ने भन्दै फुटबल प्रशिक्षण खुल्ला गर्न एन्फाले अनुरोध गरेको हो । लामो समय थुनिएर बसेका खेलाडीको लागि अब प्रशिक्षण जुरुरी रहेकफ एन्फाको भनाई छ ।

ICAS

विस्तारै सबै क्षेत्र खुला गर्दै गएकाले अब खेलाडीको प्रशिक्षण पनि सरकारले खुला गर्नुपर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।

pokhara internet
Comments
Loading...