सरकारलाई  स्वतन्त्रता छिनेकोमा धन्यवाद : गायक अमृत गुरुङ

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएका छन्।  मंगलबार प्राधिकरणबाट बिदा भएपछी जनताले सरकारको आलोचना गरिरहेका छन्।

यसैक्रममा गायक अमृत गुरुङलाई पनि कुलमानको बिदाइपछी  बुधबार भावुक स्टाटस लेखेका छन्।  उनले सरकारलाई  स्वतन्त्रता छिनेकोमा धन्यवाद दिएका छन्।

roma
parichay

‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुसी भएको थिएँ, अहिले कुलमानको बिदाई समाचारले खिन्न भएँ। म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ। राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्र्याको शिकार हुने परिपाटी सुरु भएको हो भने अब त्यो पनि भन्न भएन। स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार’, उनले लेखेका छन।

ICAS

घिसिङ प्राधिकरणमा पुन उनको नियुक्ती हुने विश्वास आम जनताले लिएपनि मन्त्रीपरिषद्को बैठकले उनको नियुक्तीबारे कुनै निर्णय लिएको छैन।

pokhara internet
Comments
Loading...