अल्पविराम पोखरेलीका मुक्तकहरु

पोखरा /

१.
यहाँ नेताजीको भाषणको पनि महङ्गो बिमा हुन्छ
कारण भाषण चर्को काम असीमित धिमा हुन्छ
मेरा मुक्तकहरू किन यति चर्को पिरो नभन्नू मित्र
किनकि हरेक कुरा सहने पनि एउटा सीमा हुन्छ

२.
मायालु मन साटासाट गर्ने चटारो हो मुक्तक
सुरू गरे लगत्तै सक्नै पर्ने हतारो हो मुक्तक
लठारो पनि छ है जाने बोल नजाने जिऊको मोल
भ्रष्टहरूलाई प्रहार गर्ने दह्रो झटारो हो मुक्तक

ICAS

३.
खहरेझैं कोही नेता पिठ्युँमा धाप पाएर फुर्कदै छन्
लाटोबुङ्गो कथाको नायकझैं कोही नेता बिनसित्तैमा उर्लदै छन्
मूर्खस्य कर्मणम् दैवो नाजाने कुतो मनुष्य भनेझैं
भ्रष्टाचारी जोगाउनु पर्छ भन्दै एक थरि नेताहरू तथानाम कुर्लदै छन्

४.
झुठको खेती गर्नेहरूनै भाषणमा तगडा हुँदा रचन
फट्याईं र गुण्डागर्दी थलोमा जुवाको अखडा हँदा रचन
देश र जनताको लागि राजनीति भए न मेलमिलाप
ब्यक्ति स्वार्थको राजनीतिमा हरपल झगडा हुँदा रचन

५.
आकाशको तारा र हजुरको सहारा उस्तैउस्तै
हात्तीको दाह्रा र हजुरको बङ्गारा उस्तैउस्तै
भाषणमा त हजुरले आकाशको जून झार्नु भो नि मन्त्रीज्यू
तर पानीको सट्टा हावा छोड्ने धारा र हजुरको पारा उस्तैउस्तै

pokhara internet
Comments
Loading...