ICAS
Rara

युकेको अल्डरशटको स्टेडियम जहाँ नेपाली राष्ट्रिय फुटबल टोली ईङ्गल्याण्ड ‘सि’ विरुद्ध उत्रिदैं छ

केशव पाठक, पोखरा
नेपाली राष्ट्रिय फुटबल टोली यहि २०२० को मे को चौथो साता बेलायत जाँदैछ । नेपाल र बेलायतको २०० वर्षको दौत्य सम्वन्ध पुगेको अवसरमा खेल मार्फत अझै प्रगाढ बनाउन राष्ट्रिय टोली बेलायत जान लागेको हो ।

govnotice

बेलायत स्थित अल्डरशटको स्टेडियममा ७ हजार १ सय क्षमताको छ । यहि स्टेडियममा नेपाली राष्ट्रिय फुटबल टाृली ईङ्गल्याण्डको ‘सि’ टिम विरुद्ध उत्रने छ । मे २५ तारिख हुने खेलका लागि सहारा युकेले व्यवस्थापनको तयारी सुरु गरिसकेको छ । दर्शकका लागि ई टिकेटिङ विक्रि समेत सुरु गरिएको सहारा युकेका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन ।

parichay

बेलायतको अल्डरशट नेपालीहरुको बसोवास गर्ने मुख्य शहर मध्येको एक हो । बेलायतमा वस्ने नेपाली मात्रै नभई नेपाली राष्ट्रिय टोलीको ‘सि’ टिम संगको पर्दशन हेर्न सबै लालयित भएको अध्यक्ष गुरुङले जनाएका छन । वर्षौ देखि बेलायतलाई कर्मुभुमी बनाएका गैर आवाशिय नेपालीहरुका लागि नेपाली राष्ट्रिय टिमको खेल प्रत्यक्ष हेर्न पाउनु अवसरको रुपमा लिएको उनले बताए ।

बेलायत स्थित नेपाली राजदुतावासको समन्वयमा उक्त मैत्रीपुर्ण खेलको सम्पुर्ण व्यवस्थापन सहारा क्लव पोखराको भातृ संस्था सहारा यु के ले गरिरहेको छ ।
तस्विरः के. गुरुङ, लण्डन

pokhara internet
Comments
Loading...