ICAS
Rara

अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

काठमाडौँ/त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि आगलागी भएको छ । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।

parichay

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । आगलागी नियन्त्रणमा आएको र सबै यात्रु सकुशल रहेको उनले बताए।

govnotice

विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सेवा अझै आधा घण्टासम्म बन्द रहनेछ । नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीको भनाइ छ । विद्युत् सट भएर आगलागी भएको बताइएको छ ।

pokhara internet
Comments
Loading...