NTHMC

बसमा आगो लाग्दा २० यात्रुको मृत्यु

एजेन्सी /  भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार कम्तिमा २० जनाको मृत्यु भएको खबर छ । कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा भएको दुर्घटनमा परेका २१ जनालाई बसबाट उद्धार गरिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् ।

parichay

स्थानीय मिडियाहरुका अनुसारमा बसमा ५० जना यात्रुहरु थिए । जानकारीमा आएअनुसार एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो ।

roma

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई दुई—दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेका छन् ।

pokhara internet
Comments
Loading...