ICAS
Rara

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

जनकपुरधाम । सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु १६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका-३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् ।

parichay

सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए ।

govnotice

घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

pokhara internet
Comments
Loading...