ICAS
Rara

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सिराहा । सिराहामा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय विपया दास रहेका छन् । दुर्घटनामा परी घाइते भएका दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

parichay

दुर्घटनामा परी मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-८ बस्ने २७ वर्षीय सोनिया दास घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कर्जन्हा नगरपालिका-४ स्थित सडकमा बिग्रिएर सडक किनारामा रोकीराखेको ना।३ ख ९०२४ नम्बरको ट्रकमा स८प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको सिराहा प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?