ICAS
Rara

मालेका महासचिव मैनाली सवारी दुर्घटनामा गम्भीर घाइते

बर्दिबास । नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् ।

महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उनी सवार गाडी दुर्घटनामा परेको हो । मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

parichay

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले बताए ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?