ICAS
Rara

कैलालीमा बसकाे ठक्करबाट एकको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

parichay

शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?