ICAS
Rara

नुवाकोटमा बस दुर्घटना हुँदा ८ जना घाइते

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ मा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बिहीबार बिहान पञ्चकन्या गाउँपालिका आरुखड्कबाट काठमाडौं आउँदै गरेको बा २ ख ६७४० नम्बरको बस १० मिटर तल खस्दा आठ जना घाइते भएका हुन् ।

parichay

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले बताए ।

‘गम्भीर घाइते कोही पनि भएका छैनन्, उनीहरूको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ,’ डिएसपी थापाले भने ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

pokhara internet
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय

छुटाउनु भयो कि ?